यी जिल्लाबाट १४ गतेसम्म मोर्डना खोप लगाउन पाइने


काठमाडौं । सरकारले आजदेखि पौष १४ मोर्डना खोपको पहिलो मात्रा दिइरहेको छ । बालबालिका लक्षित यो खोप सातै प्रदेशमा एकसाथ चलिरहेको छ । अहिले ५७ जिल्लाबाट मोर्डनाको पहिलो मात्र दिइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार प्रदेश एकको ११ जिल्ला, प्रदेश २ को ५ जिल्ला, बागमती प्रदेशको ७ जिल्ला , गण्डकी प्रदेशको ९ जिल्ला, लुम्बिनी प्रदेशको ९ जिल्ला, कर्णाली प्रदेशको ९ जिल्ला र सुदूरपश्चिम प्रदेशको ७ जिल्लाबाट आजदेखि मोर्डना खोपको पहिलो मात्रा चलिरहेको छ ।

मोर्डना खोपको दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म दिइने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मोर्डना खोप निःशुल्क पाइने बताउँदै स्वास्थ्य मन्त्रालयले यो खोप सुरक्षित रहेको र यसले जीवन रक्षा गर्ने दाबी गरेको छ ।

मोर्डना खोप यी जिल्लाबाट लगाउन पाइन्छ

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com