काठमाडौंका यी अस्पतालबाट खोप लगाउन सकिन्छ


काठमाडौं । सरकारले कोभिड-१९ बढ्न थालेपछि खोप केन्द्र पनि बढाएको छ । सार्वजनिक सेवालगायत हिँडडुलमा पनि खोप कार्ड अनिवार्य गर्ने तयारी गरेपछि सरकारले खोप केन्द्र निजी अस्पतालमा समेत विस्तार गरेको हो । अहिले काठमाडौंका निजी र सरकारी गरेर १३ वटा अस्पतालमा खोप दिने काम भइरहेको छ ।

काठमाडौंका सरकारी अस्पतालमा खोप लगाउनेको थेगिनसक्नु भीड हुन थालेपछि निजी अस्पतालमा पनि खोप कार्यक्रम सञ्चालन गरिएको हो । नर्भिकदेखि जनमैत्रीसम्मका निजी अस्पतालमा गएर कोरोनाविरुद्धको नि:शुल्क खोप लगाउन सकिने व्यवस्था मिलाइएको छ ।

काठमाडौं जिल्लामा ७ वटा सरकारी अस्पतालबाट चलिरहेको खोप कार्यक्रम थप ६ वटा निजी अस्पतालमा पनि विस्तार गरिएको हो ।

बालबालिकाको हकमा स्थानीय तहसँगको समन्वयमा स्कुललाई नै खोप केन्द्र तोकेर कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन भइरहेको छ ।

यी हुन् खोप सञ्चालन भएका निजी र सरकारी अस्पताल

 👉नर्भिक अस्पताल -थापाथली,

👉काठमाडौँ मोडल अस्पताल -प्रदर्शनीमार्ग,

👉निजामती कर्मचारी (सिभिल) अस्पताल -बानेश्वर,

👉वीर अस्पताल,

👉जनमैत्री अस्पताल -बालाजु,

👉शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल -टेकु,

👉नोवेल अस्पताल -सिनामंगल,

👉त्रिवि शिक्षण अस्पताल -महाराजगञ्ज,

👉नेपाल प्रहरी अस्पताल -महाराजगञ्ज,

👉पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल -सामाखुशी,

👉नेपाली सेनाको अस्पताल -छाउनी,

👉 सुभेच्छा अस्पताल -सितापाइला,

👉 सशस्त्र प्रहरी अस्पताल -बलम्बुबाट,

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com