फैलियो कोरोना, स्वास्थ्यकर्मी उच्च चपेटामा


काठमाडौं ।  नेपालमा कोभिड-१९ को संक्रमणदर तीव्र गतिमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार  ३ हजार ५ सय ५३ जना संक्रमित हुँदा झन्डै दुई हजार संक्रमित काठमाडौं उपत्यकामै भेटिएका छन् ।

यसपटक कोरोना भाइरसले अंग्रपङ्तीमा खटिने(प्रन्टलाइनर) स्वास्थ्यकर्मीहरुलाई सताएको छ ।  त्रिवि शिक्षण अस्पताल (टिचिङ), वीर लगायतका अस्पतालमा कोभिड-१९ को उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु नै कोरोना संक्रमित भएका छन् । हिजो मात्र टिचिङ हस्पिटलमा ६० जना भन्दाबढी स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । यो संख्या अझै बढ्न सक्ने शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेको भनाइ छ ।

यता वीर अस्पतालको हालत पनि त्यस्तै छ । वीरको कोभिड  केस हैर्दै आएका डा. अच्युत कार्कीलगायतका स्वास्थ्यकर्मीहरु होम आइसोलेसनमा बसेका छन् । अन्य स्वास्थ्यकर्मी पनि कोरोना भाइरसको चपेटामा परेका छन् ।

स्वास्थ्यकर्मी नै संक्रमित हुँदा कोभिडका बिरामी हेर्न समस्या परेको छ । संक्रमणका हिसाबले सुरुवाती अवस्था हेर्दा नेपालमा कोरोनाले भयावह रुप लिन सक्ने सम्भावना देखिन्छ ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com