सरकारको आदेश लत्याउँदै शालीनदीमा अचाक्ली भीड


काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि आइतबार आदेश जारी गरेको छ ।

संक्रामक रोग ऐन, २०२० को दफा दफा २ ले दिएको अधिकार प्रयोग गर्दै विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि मन्त्रिपरिषद्को पुष ३० को बैठकद्वारा उक्त आदेश जारी गरेको हो ।

सरकारले जारी गरेको आदेशमा  धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, बिबाह, न्वारान, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका आवश्यक परम्पारगत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु संचालन गर्दा पचास जना भन्दा बढी नहुने र जनस्वास्थ्यका मापदण्ड पालना हुने गरी मात्र सञ्चालन गर्ने भन्ने उल्लेख छ । सरकारको आदेशविपरीत  काठमाडौंको साँखुस्थित शालीनदीमा मानिसहरुको अचाक्ली भीड लागेको छ ।

सरकारले जारी गरेको कोभिड-१९ सम्बन्धी आदेशको बुँदा नम्बर १० मा आवश्यक परम्पारगत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु संचालन गर्दा पचास जना भन्दा बढी नहुने र जनस्वास्थ्यका मापदण्ड पालना हुने गरी मात्र सञ्चालन गर्ने भनेको छ ।

सरकारले जारी गरेको उक्त आदेशलाई उल्लंघन गर्दै हिजो(सोमबार)देखि शालीनदीमा सुरू भएको  श्रीस्वास्थानी व्रत तथा माधवनारायण मेलामा सयौंको खचाखच भीड देखिन्छ । श्रीस्वास्थानी व्रत तथा माधवनारायण मेलामा भीडभाड मात्र होइन जनस्वास्थ्यका मापदण्ड समेत पालना भएको देखिँदैन ।

सरकारले जारी गरेको आदेश कार्यान्वयन गर्ने जिम्मेवार बोकेको जिल्ला प्रशासन कार्यालय, काठमाडौं भने शालीनदीमा देखिएको भीडलाई अनदेखा गरिरहेको छ ।

शालीनदीलगायतमा भएका यस्ता भीड कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनलाई फैल्याउने कारखाना नबन्ला भन्न सकिन्न । भीडभाडलाई नियन्त्रण गर्ने दायित्व बोकेका प्रमुख जिल्ला अधिकारी यसरी नै निदाएर बस्ने हो भने नेपालका लागि कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन निकै महँगो पर्ने देखिन्छ ।

क्याटेगोरी : जीवनशैली, प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com