टेकुमा कोभिड : खोपमा भीड, वेडमा ‘नो’भीड


काठमाडौं । नेपालमा दैनिक कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ दोस्रो हप्तासम्म दैनिक संक्रमितको संख्या २० हजारसम्म पुग्ने प्रक्षेपण गरिसकेको छ ।

लगातर बढ्दो क्रममा रहेको कोभिडको अवस्था हेर्दा अस्पतालमा पनि थेगिनसक्नु भीड हुनुपर्ने अनुमान गरिन्छ । तर कोभिडको केन्द्रमा रहेको टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अवस्था सोचेभन्दा निकै फरक छ ।

बुधबार स्वास्थ्य लाइभको टोली टेकु पुग्दा अस्पताल परिसरमा निकै भीड देखिन्थ्यो । अस्पतालभित्रको इमर्जेन्सी र वेड भने पुरै खाली छ ।

सरकारले खोप कार्डलाई अनिवार्य रुपमा लागू गरेपछि टेकुमा खोप लगाउनेको भीड लागेको छ । तर अस्पतालको इमर्जेन्सी, आइसियू र भेन्टिलेटरमा भने बिरामी नै छैनन् अर्थात् ‘नो’भीडको अवस्था छ ।

यसले पनि सरकारलाई संक्रमित बढेपनि व्यवस्थापन गर्न सहज भएको छ । संक्रमित बढ्दै गएकाले आगामी दिनमा भने संक्रमितलाई सरकारले कसरी व्यवस्थापन गर्न हेर्न बाँकी छ ।

सरकारले सिनेमा हल, रेष्टुरेन्टलगायतका ठाउँमा जाँदा खोप कार्ड अनिवार्य गरेपछि अहिले युवा युवतीहरुको खोप केन्द्रमा भीड लागेको देखिन्छ ।

पहिला खोप लगाउन नागरिक नआएको गुनासो गर्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अहिले खोप लगाउन आउनेको व्यवस्थापन गर्न हम्मे-हम्मे परेको छ ।

 

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार
ट्याग : ##Hospital, ##taku, ##taku hospital

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com