औषधिको कालाबजारी नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई गृहमन्त्री बालकृष्ण खाँणलाई औषधिमा भइरहेको कालाबजारी नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

बालुवाटार स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणसँग औषधि अभाव भइरहेको विषयमा चासो राखेका हुन् । देउवाले खाँणलाई औषधि अभाव हुनुको कारण र कालाबजारी भए नियन्त्रण गर्न निर्देशन दिएको बालुवाटार स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

 यस्तो अवस्थामा औषधि अभाव हुन नहुने भन्दै प्रधानमन्त्री देउवाले औषधिमा कृत्रिम अभाव सिर्जना गर्ने र कालाबजारी गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न भनेका छन् । उनले औषधिमा ठग व्यापारीप्रति कठोर बन्न गृहमन्त्री खाँणलाई निर्देशन दिएको प्रधानमन्त्री निकट स्रोतले स्वास्थ्य लाइभलाई जानकारी दियो ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com