काठमाडौंका खोप केन्द्रमा प्रकाशमान पुगेपछि ….


काठमाडौं । कोभिड-१९ विरुद्धको खोप प्रभावकारी रुपमा लगाएर कोरोना रोकथान तथा नियन्त्रण गर्नुपर्ने कुरा उठ्ने गरेको छ ।

प्रधानमन्त्री देउवाले मन्त्रीहरुसमक्ष घर-घरमा गएर पनि खोप लगाउनुपर्छ भनेको कुरा समेत बाहिर आएको छ ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै सांसदहरुले पनि टोल-टोलमा गएर खोप लगाउनु पर्ने धारणा राखे । अरुले बोल्ने मात्र काम गरिरहेको बेला काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित सभासद प्रकाशमानसिंह भने विद्यालय- विद्यालयमा पुगेर खोप कार्यक्रमलाई प्रभावकारी बनाउन तम्सिएका छन् ।

उनको निर्वाचन क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिका अन्तर्गतका वडानम्बर १०, ११, २९ र ३१ वडामा पुगेर खोप कार्यक्रमको अनुगमन र सहजिकरण गर्न कांग्रेसका नेता समेत रहेका सांसद सिंह सक्रियतापूर्वक लागेका छन् ।

आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका विद्यालयमा रहेका खोप केन्द्रहरुमा गई विद्यार्थीहरुलाई खाेप लगाउन हौसला प्रदान गर्ने काममा उनी लागिपरेका हुन् ।

खोप केन्द्रहरुको निरीक्षण गर्दै कांग्रेस नेता एवं सांसद सिंहले खाेप कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्नेमा जोड दिएका छन् । कोभिड-१९ लाई रोकथाम तथा नियन्त्रण गर्ने कुरा खोप नै भएकाले सबैले खोप लगाउनु पर्ने उनको भनाइ छ ।

क्याटेगोरी : प्रदेश, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com