पिसिआर शुल्क घटाउन स्वास्थ्य मन्त्रालयको परिपत्र


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घटाएको आरटी-पिसिआर परीक्षण शुल्क कार्यान्वयन गर्न परिपत्र गरेको छ ।

मन्त्रालयले कोभिड-१९ परीक्षण गर्ने प्रयोगशालाहरु र अस्पतालहरुलाई परिपत्र गर्दै मन्त्रीस्तरीय निर्णयबाट समायोजन गरिएको आरटी- पिसिआर परीक्षण शुल्क कार्यान्वयन गर्न भनिएको छ । निजी अस्पताल तथा प्रयोगशालाले अधिकतम १५ सय रुपैयाँ र सरकारीले ८ सय रुपैयाँ शुल्क आरटी- पिसिआर गरेको लिन पाउने मन्त्रालयले जनाएको छ ।

सरकारी अस्पताल तथा प्रयोगशालाहरुको नि:शुल्कको मापदण्डभित्र नपरेकाहरुका लागि मात्र ८ सय रुपैयाँ पिसिआर परीक्षण शुल्क लिन पाउने परिपत्रमा उल्लेख छ ।

क्याटेगोरी : प्रदेश, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com