९ गतेदेखिका त्रिविका सबै परीक्षा स्थगित


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले माघ ९ गतेदेखिका सबै परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले ओमिक्रोन भेरिएन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केद्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं संक्रमित भएकाले अनिश्चितकालसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

आज त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।  विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयअनुसार सञ्चाल हुने तयारीमा रहेका मात्र होइन सञ्चालन भइरहेका परीक्षाहरु पनि माघ ९ गतेदेखि रोकिने भएका छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, प्रदेश, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com