बिहीबार मात्रै झन्डै साढे १२ हजार संक्रमित


काठमाडौं । नेपालमा बिहीबार मात्रै झन्डै साढे १२ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पिसिआर परीक्षणबाट १० हजार ५२ र एन्टिजेन परीक्षणबाट २२८६ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ ।

कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । कोरोनाको तीव्र संक्रमण भएपछि आजै त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, लोकसेवा आयोगलगायतले सबै परीक्षा स्थगित गरेका छन् ।

क्याटेगोरी : प्रदेश, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com