पिजि प्रवेश परिक्षाकाे प्रश्नपत्र बाहिरिएको आशंका (हेर्नुहाेस बार्गेनिङ गरेकाे प्रमाण)


काठमाडौं । चिकित्सका शिक्षा आयाेगले भाेली लिने भनिएकाे पाेष्टग्राजुएट (पिजि) काे प्रवेश परिक्षाकाे प्रश्नपत्र बाहिरिएको बुझिएको छ । चिकित्सा शिक्षा आयोगले शनिवार पिजिकाे प्रवेश परिक्षा लिदैछ । तर, परीक्षा सुरु नहुदै बिचाैलीया सँगकाे मिलेमतोमा विभिन्न विधि अपनाएर प्रश्न बाहिर ल्याएकाे आराेप लागेकाे छ ।

स्वास्थ्य लाइभलाइ प्राप्त प्रमाण र जानकारी अनुसार पाटन, आइओएम, न्याम्स र केयुका प्राेफेसरले बनाएकाे प्रश्नपत्र बाहिरिएकाे छ । यी प्रश्नपत्र बहुमुल्यमन बिक्री गरिएको छ । पाटन एकेडेमिका एक प्राेफेसरले बनाएकाे प्रश्न त्यही कार्यरत उनका छाेराबाट विभिन्न ग्रुप हुँदै  बाहिरीएकाे छ ।

अझ गज्जवकाे कुरात आइडी कार्ड निर्माणमा छ । हेर्नुहाेस आइडी कार्ड १५ नम्वर सम्मका फाेटा छन् । १ नम्बरको फाेटाे परीक्षा दिन जाने व्यक्ति अर्थात फेक मान्छे । अन्तिम १५ नम्बरको पढ्ने विद्यार्थी हाे जाे परिक्षामा आफू सामेल छैन । ८ नम्बरको फाेटाे राखेर प्रवेश कार्ड तयार पारिएकाे छ जुन परीक्षा दिन जाने र पढ्नेकाे फेस सेम छ ।
भारतीय एजेन्ट प्रकाश गुप्ताले गत बर्ष आइटी कर्मचारी पवन मार्फत आयोगको डाटा झिकाइ पास भएको विद्यार्थीलाई फोन गरेर केयु, धरान र आइओएममा भर्ना गरिदिने भनी रकम उठाउँदै हिडिरहेका थिए एक अधिकारीले भने ।

यसपाली नोएडा, उत्तर प्रदेश बस्ने प्रयास सिंह र सौरभ भन्ने एजेन्टले १२ जना भारतीय तथा २४ जना नेपाली विद्यार्थीहरूलाई विभिन्न होटल तथा रिसोर्टमा राखेर प्रश्न र उत्तर घोकाइ रहेका छन् । हामी यश विषयकाे सत्य तथ्य पत्ता लगाउन चिकित्सा शिक्षा आयाेग र सिआइभिलाई छाड्छाै ।

चिकित्सा शिक्षा आयाेगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरी केही बदमासी भए कारबाही गर्ने बताउँछन् । “भाेलीकाे परिक्षा राेक्ने भन्ने हुदैन उनले भने, “हामी परीक्षा चलाउँछाै, तर यी विषयकाे गहन अनुसन्धान गर्ने छाैं ।” उनका अनुसार ८ हजार नेपाली र ५ सय भारतय विद्यार्थी सहभागी हुदैछन् ।

हामीसँग आएका विवरणहरु सुरक्षित राखेका छाै । भारतिय एजेन्ट र नेपाली एजेन्टहरुले पैसाकाे बार्गेनिङ गरेकाे उनिहरुकाे म्यासेजबाट स्पस्ट हुन्छ ।

यसरी निकालिएको छ प्रश्न

चिकित्सा शिक्षा आयोगले बायोमेट्री नराखेको फाइदा केही बिचौलियाले उठाइरहेका छन् । उनीहरूले फोटो मिलाएर फारम भर्ने र नक्कली परीक्षार्थी मार्फत परीक्षा दिलाउने गरेको खुलेको छ । अहिले सम्म गत बर्षको एमबीबीएस र एमडीएमए प्रवेश परीक्षामा ८० देखि ९० जना नक्कली परीक्षार्थीले जाँच दिएका थिए ।

यसरी नक्कली परीक्षार्थी मार्फत परीक्षा दिलाउने बिचौलियाहरू सुदीप नायक, शिव रेग्मी, ससांक साह, सन्तोष चौधरी, अजय यादव, सुशिल मण्डल र सुरज दास जो पहिले पनि यही कामका कारण जेल परिसकेका छन् तिनै व्यक्ति मिलेर शनिबार हुने परीक्षामा ४० देखि ५० जना भारतीय र नेपाली मुलका नक्कली परीक्षार्थीको फोटो मिलाएर फारम भरेका छन् । यो क्रम चलिरहेको छ ।

आयोगको परीक्षाको व्यवस्थापकीय कमजोरी समातेर यो काम गरेको बुझिएको छ त्यसैले यी सबै विषय छानविनको दायरामा आउन जरूरी छ । भारतीय परीक्षार्थीलाई पहिले काठमाडौंमा मात्र केन्द्र तोकिएकोमा यस पाली उपत्यका बाहिरको केन्द्र दिइएको छ । ती सहरहरूमा भारतीयहरूको उल्लेख्य उपस्थिति छ । निजहरूले परीक्षार्थीहरूलाई आयोगबाट चुहेको प्रश्नपत्रको घोकाइ रहेका छन् । यसमा धेरै नेपाली एजेन्ट र केही कर्मचारीको संलग्नता भएको श्रोतको दाबि छ ।

प्राप्त सूचना अनुसार विभिन्न अध्ययन संस्थानबाट मागइएका प्रश्नहरू बाहिरिएको छ ।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकका छोरा मार्फत विभिन्न समुहहरूमा सो प्रश्नपत्र पुगेको छ ।

भारतीय एजेन्ट प्रकाश गुप्ताले गत बर्ष आइटी कर्मचारी पवन मार्फत आयोगको डाटा झिकाइ पास भएको विद्यार्थीलाई फोन गरेर केयु, धरान र आइओएममा भर्ना गरिदिने भनी रकम उठाउँदै हिडिरहेका थिए ।

यसपाली नोएडा, उत्तर प्रदेश बस्ने प्रयास सिंह र सौरभ भन्ने एजेन्टले १२ जना भारतीय तथा २४ जना नेपाली विद्यार्थीहरूलाई विभिन्न होटल तथा रिसोर्टमा राखेर प्रश्न र उत्तर घोकाइ रहेका छन् ।

श्रोतका अनुसार परीक्षाको प्रश्न बनाउने प्राध्यापकले दिएको प्रश्नपत्र फोटोकपी गरेर राखिन्छ अनि प्रश्नपत्र बनाउने बेला छानिएको प्रश्नको प्रश्न नम्बर भित्रबाट बाहिर ल्याई त्यो फोटोकपी गरिएको प्रश्न पहिचान गरि चिन्ह लगाउने र भित्र बनेको प्रश्न जस्ताको तस्तै बाहिर तयार पर्ने गरिन्छ । फरक यतिमात्र हुन्छ कि जाँचमा सोधिएको प्रश्नको क्रमसंख्या तलमाथी हुन्छ ।

यस पटकको परीक्षाका लागि फोटो मिलाएर परीक्षामा बस्न लागेको विद्यार्थीहरू मनिश प्रधान, प्रदिप नेउपाने, रविन्द्र चौधरी, कासी, राजेश राय यादव र रामजी महतो हुन । एकनास ओम चौधरी र अभिशेकको नाममा नक्कली प्रबेशपत्र तयार छ । यसरी फोटो प्रसोधन गरेर बनाएको फोटो सामान्य तया खुट्याउन सकिदैन ।
आगामी शनिबार देखि हुने परीक्षाको प्रश्नपत्र बाहिरिएर घोकाउने काम भैरहेको छ । सरोकारवाला सबैजना मिलेर यो कामको अनुसन्धान गरी गलग गर्नेलाई गिरफ्तार गर्नु पर्छ ।

गतबर्षको नतिजा
गतसाल माथी चिन्ह लागाइएको विद्यार्थीको परीक्षा अरुले दिएको थियो । यिनीहरूको समुहले जम्मा ५४ जनालाई विस्थापित गरि कमजोरलाई भर्ना गराउन सफल भएको थिए ।

लोकनाथ यादव, विवेक माझि लगायतका ११ जना विद्यार्थीहरू अरूलाई जाँच दिन लगायर केएमसी र एनएमसीमा पढिरहेका छन् ।

यसै समुहले सन् २०१७ देखि २०१९ सम्म भारतको एम्स् लगायतका अन्य पिजी कलेजमा नक्कली इलिजिबिटी तयारपारी ९-१० जनालाई पठाएको थियो । सम्झना भएसम्म जैन, साह, यादव, कर्ण, चौरसीया थर भएका विद्यार्थीको पुरानाम थाहा नभएकाे अधिकारीहरुले बताएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : ##pg exam, ##चिकित्सका शिक्षा आयाेग, ##डा दिलिप शर्मा, ##डा श्रीकृष्ण गिरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com