सार्वजनिक स्थलमा चुरोट-सुर्ती खानेलाई बालेनले ‘घोक्रे ठ्याक’ लगाउने


काठमाडौं । सार्वजनिक स्थलमा चुरोट, सुर्ती गुट्खा  जस्ता सुर्तीजन्य पदार्थ खानेलाई काठमाडौं महानगरपालिकाले ‘घोक्रे ठ्याक’ लगाउने लगाउने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को निर्देशनमा महानगरले एक सार्वजनिक सूचना जारी गर्दै असोज १ गतेबाट सार्वजनिक स्थलममा धुम्रपान तथा सुर्ती सेवन गर्न निषेध गरेको हो ।

असोज १ गतेबाट सार्वजनिक स्थलमा चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती सेवन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने (घोक्रे ठ्याक) लगाउने महानगरले चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिकाको ११ औं अधिवेशनबाट सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नीति पारित भएको जनाउँदै उक्त नितिलाई कडाइका साथ कार्यान्वयन गर्ने महानगरले घोषणा गरेको हो।

‘असोज १ गतेबाट सार्वजनिक स्थलमा चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती सेवन गर्ने यस्तै प्रकारका अन्य प्रकारका पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने, सेवन गर्ने कार्य निषेध गरिएको छ’ काठमाडौं महानगरपालिका जारी गरेको सार्वजनिक सूचमा भनिएको छ ।

प्रचलित कानून, सदाचार र सार्वजनिक हित तथा भलाइका दृष्टिले सार्वजनिक स्थललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने स्थल बनाउन सूचना जारी गरिएको बताउँदै काठमाडौं महानगरपालिकाले यो सूचना उल्लंघन गरेमा सुर्तीजन्य पदार्थ ( नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ समेतको आधारमा कानुन उल्लंघन गर्ने व्यक्तिलाई व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत गर्ने स्पष्ट पारेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेनको निर्देशनमा असोज १ गतेबाट चुरोट-सुर्ती सेवन गर्नेलाई नगर प्रहरीले घोक्रे ठ्याक लगाउने देखिन्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #खैनी सुर्ती चुरोट गुट्खा, #सुर्तीजन्य पदार्थ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com