कोरोना कहर: मास्क बाँड्दै हिँड्न थाले मुख्यमन्त्री शाही


काठमाडौं ।  नेपालमा पनि कोरोना भाइरस (कोभिड-१९)को तेस्र लहर सुरु भएको छ । कोभिड संक्रमितको संख्या ह्वात्तै बढेपनि लापरबाही उस्तै छ । कोरोना पैलिरहेको अवस्थामा नागरिक मास्क नै नलगाई हिँड्न  थालेपछि कर्णाली सरकारले यसलाई रोक्न फरक रणनीति अपनाएको छ ।

कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आफैं मास्क बाँड्दै हिँड्न थालेका छन् ।

कर्णालीका मुख्यमन्त्री शाहीले सुर्खेतमा कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईको मास्क खै ?’ अभियान शुभारम्भ गरेका छन् । ‘म पनि माक्स लगाउँछु, अरूलाई पनि माक्स लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ शनिबार बिहान ८ बजे राजधानी सुर्खेतको मंगलगढीबाट तपाईको मास्क खै ?’ अभियानको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शुभारम्भ गरेका हुन् ।

मुख्यमन्त्री शाही कै सक्रियतामा कर्णाली प्रदेश सरकारले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाइ यात्रा गर्ने सर्वसाधारणलाई सचेत गराउनका लागि ‘तपाईको मास्क खै’ अभियान चलाइएको हो ।

यो अभियानको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति सुर्खेतको अगुवाइ र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा संचालन भएको हो । तपाईंको मास्क खै’ कार्यक्रमको शुभारम्भ गदै मुख्यमन्त्री शाहीले मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधारणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन, भीडभाड नगर्न र स्वास्थ्य मापदण्डको पालना गर्नसमेत आग्रह गरेका छन् ।

मास्क खै अभियानमा जिल्लास्थित राजनीतिक दलका प्रमुख, सुरक्षा निकायसँगै सरोकारवालाहरूको उपस्थितिमा सचेतनामूलक प्लेकार्डसहित बजार परिक्रमा गरिएको छ ।

 

क्याटेगोरी : प्रदेश, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com