सरकारी कार्यालयहरुमा आलोपालो प्रणाली लागू


काठमाडौं । उपत्यकाका सरकारी कार्यालयहरूमा आजदेखि आलोपालो प्रणाली लागू हुँदैछ ।  उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको निर्णयअनुसार आजबाट सरकारी कार्यालयमा आलोपालो प्रणाली लागू हुने भएको हो ।

कोरोनाभाइरसको संक्रमण तीव्ररुपमा फैलिएपछि स्थानीय प्रशासनले स्मार्ट लकडाउनको नाममा सवारी साधनमा जोरबिजोर प्रणालीदेखि सरकारी कार्यालयमा आलोपालो प्रणालीसम्मका आदेश जारी गरेको छ ।

सरकारी कार्यालयका कर्मचारीमा कोरोना संक्रमण ह्वातै बढ्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले १६ बुँदे आदेश अर्थात् लकडाउनको रुपमा सरकारी कार्यालयमा आलोपालो गर्न भनेको छ ।

निषेधको आदेशमा सार्वजनिक र सरकारी कार्यालयमा आलोपालोमा सेवाप्रवाहको प्रवन्ध गर्नुपर्ने भनिएको छ। स्मार्ट लकडाउको आदेशमा सम्बन्धित कार्यालयका कार्यालय प्रमुखहरुले आ-आफ्नो कार्यालयमा कर्मचारीहरुलाई आलोपालोअनुसार कार्यालयमा हाजिर हुने व्यवस्था मिलाउनु पर्ने उल्लेख छ ।

क्याटेगोरी : प्रदेश, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com