शुक्रराज अस्पतालमा कोभिडविरुद्धको खोप कार्यक्रम स्थगित


काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिडविरुद्धको खोप कार्यक्रम स्थगित गरेको छ ।

अस्पतालले आइतबार सूचना टाँसेर ७ (सात) दिनका लागि कोभिड-१९ विरुद्धको खोप कार्यक्रम स्थगित भएको जनाएको हो । अब माघ १६ गतेसम्म टेकु अस्पताल खोप कार्यक्रम नचल्ने भएको छ ।

‘यस अस्पतालमा कार्यरत रही बिरामीको उपचार र कोभिड-१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरू ५० जनाभन्दा बढी कोभिड-१९ बाट संक्रमित हुनुभएकोले यस अस्पतालमा सञ्चालित कोभिड-१९ विरुद्धको नियमित खोप कार्यक्रम २०७८ माघ १० देखि १६ गतेसम्म ७ दिनको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । यसबाट सर्वसाधरणमा पर्न गएको असुविधाको लागि क्षमापार्थी छौं ।’, अस्पताल निर्देशकले जारी गरेको सूचनामा उल्लेख छ ।

 

क्याटेगोरी : प्रदेश, विविध, समाचार
ट्याग : ## डा.मनिषा रावल, ## निर्देशक, ##कोभिड-१९ विरुद्धको खोप कार्यक्रम स्थगित, ##टेकु, ##शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com