कोरोना संक्रमित प्रचण्ड पत्नी सीता दाहाल डिस्चार्ज


काठमाडौं । कोरोना संक्रमित नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल डिस्चार्ज भएकी छिन् ।

कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि  गत शुक्रबार नेपाल मेडिसिटी अस्पताल भर्ना भएकी दाहाल आज डिस्चार्ज भएकी हुन् । उनको स्वास्थ्य अवस्था सुधार भएकाले डिस्चार्ज गरिएको मेडिकल सुपरीटेन्डेन्ट डा. राज राणाले जानकारी दिए ।

दाहालको नियमित स्वास्थ्यजाँचमा संलग्न चिकित्सक वरिष्ठ नशारोग विशेषज्ञ डा.बाबुराम पोखरेलको नेतृत्वको स्वास्थ्य टोलीले उनको उपचार गरेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘आइसियुमा उपचाररत् दाहालको पछिल्लो अवस्था सुधारोन्मुख रहेकोेले वहाँलाई घरजाने सल्लाह दिइएको डा.पोखरेलले बताउनुभएको छ । यद्यपि, कोभिडको असर कम भए लगत्तै थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको उहाँँले बताउनुभयो ।’, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेस एण्ड एजुकेसन डा.निलमणी उपाध्यायकाअनुसार उत्कृष्ट प्रविधि, पूर्वाधार र जनशक्तिसहितको नेपाल मेडिसिटी अस्पतालले दाहालको उपचार गरेको हो ।  स्वास्थ्यमा कुनैपनि प्रतिकुलता देखापरे तुरुन्तै अस्पतालमा सम्पर्क गर्न सल्लाह दिइएको समेत डा. उपाध्यायले बताएका छन्।

 

क्याटेगोरी : प्रदेश, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com