सरकारले कोभिड संक्रमित कर्मचारीलाई दिने बिदा घटायो


काठमाडौं । कोभिड-१९ संक्रमित कर्मचारीलाई ७ दिन मात्र  बिदा दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयलाई टेकेर मन्त्रालयले बिदा सम्बन्धी नयाँ परिपत्र गरेको हो ।

मन्त्रालयले  सबै निकायलाई  गरेको परिपत्रमा ‘जुनसुकै सार्वजनिक संस्थाका पदाधिकारी वा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएमा अस्पताल बसेकोमा अस्पतालबाट डिस्चार्ज भएकाे तीन दिनसम्म तथा होम आइसोलेसनमा बसेकोमा सात दिनसम्मका लागि र कन्ट्याक्ट ट्रेसिङ्गमा परेकोमा सम्बन्धित सुपरीवेक्षकको अनुमति लिई कोभिड-१९ परीक्षण नगरेसम्म बढीमा पाँच दिनसम्मको लागि निजको संचित वा पाउने बिदाबाट कट्टा नहुने गरी बिदा जनाउने’, उल्लेख गरेको छ ।

 

क्याटेगोरी : प्रदेश, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com