आहा ! कर्णालीको मुगु अस्पताल


काठमाडौं । स्वर्गगी अप्सरा भन्ने उपमाले परिचित रारा तालको जिल्ला हो मुगु । मुगु जिल्ला भौगोलिक हिसाबले अत्यान्तै सुन्दर मानिन्छ ।

कर्णालीको प्रदेशमा पर्ने मुगु जिल्लामा बनेको मुगु जिल्ला अस्पताल हेर्दा आधा रोग त्यसै निको हुन्छ जस्तो लाग्छ ।

फोटो हेर्दै आहा ! मुगु अस्पताल भन्ने खालको देखिन्छ । साच्चिँकै सुन्दर र रमणीय स्थलमा देखिएको मुगु अस्पतालमा प्रयाप्त मात्रामा औषधि उपकरण र विशेषज्ञ जनशक्ति व्यवस्थापन गर्न सके मेडिकल टुरिजमको विकास र विस्तार गर्न सक्ने  उच्च सम्भावना छ ।

उपचार नै नपाएर कर्णालीमा अकालमा ज्यान गुमाइरहेका मान्छेहरूलाई श्वास भर्न सक्ने अस्पतालको रुपमा मुगु अस्पताल बनाउन आवश्यक छ ।

भौतिक पूर्वाधार हिसाबले सुन्दर देखिएको कर्णालीको मुगु  जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण र जनशक्तिका हिसाबले पनि सुन्दर बनाउन सम्बन्धित निकायको विशेष ध्यान जान जरुरी छ ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : ## मुगु जिल्ला अस्पताल, ## रारा ताल, #कर्णाली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com