कोरोनाले ३२ जना मरेको मन्त्रालयले विवरण सार्वजनिक गर्‍यो


काठमाडौं। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबाट आज ३२ जना मरेको विवरण सार्वजनिक गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको  पछिल्लो विवरणअनुसार छुटेको संख्या देखाउँदै त्यसलाई पनि जोडेर ३२ जना मरेको विवरण सार्वजनिक गरेको हो ।

 मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको जनाएको छ । त्यस्तै माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको हो ।

यता स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ९ हजार ९ सय १० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनामा र दुई हजार ८ सय ८३ एन्टीजेन परीक्षण गर्दा ४९१ जना गरी कुल तीन हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्याटेगोरी : प्रदेश, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com