नेपालमा देखियो बर्ड फ्लू, कुखुरा, परेवा र अण्डा नष्ट


काठमाडौं । नेपालमा बर्ड फ्लू संक्रमणको पुष्टि भएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागअनुसार मोरङ जिल्लामा बर्ड फ्लू संक्रमणको पुष्टि भएको हो ।

मोरङको ग्रामथान-१ खनियाकट्टा र बुढीगंगा-५ का कृषकहरुले पालेको कुखुराको नमुना केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा (एचफाइभएनवान) बर्डफ्लू रोगको संक्रमण पुष्टि भएको पशु सेवा विभागले विज्ञप्ति जारी गरेर जानकारी गराएको छ ।

विभागबाट खटिएको टोलीले बर्ड फ्लू संक्रमणको पुष्टी भएको फर्ममा १६ सय ५० लोयर्स कुखुरा, ५० परेवा ४२ सय अण्डा, १५ सय ५० केजी दाना र ४ हजार गोटा अण्डाको क्रेट नष्ट गरे गरी सुरक्षित तवरले डिस्पोज गरेको विभागका निमित्त महानिर्देशक डा. लेखराज दाहालले जानकारी दिए ।

बर्ड फ्लू रोग नियन्त्रणका लागि विशेष ध्यान दिन समेत विभागले सचेत गराएको छ ।

हेर्नहोस् विभागले जारी गरेको प्रेस विज्ञप्ति

क्याटेगोरी : विविध, समाचार
ट्याग : #कुखुरा, #नेपालमा बर्ड फ्लू, #परेवा, #पशु सेवा विभाग, #बर्ड फ्लू, #मोरङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com