कोभिडको तेस्रो लहर: संक्रमित घट्दो, मृतक बढ्दो


काठमाडौं । कोभिड-१९ को तेस्रो लहर चलिरहँदा संक्रमितको संख्या घट्दो र मृतकको संख्या बढ्दो अवस्थामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बिहीबार १४ जनाको कोरोना संक्रमितको मृत्युभएकोमा शुक्रबार १६ जना मरेका छन् । यो बढ्दो संख्या हो ।

संक्रमितको संख्या हेर्दा घट्दो अवस्थामा रहेको पाइन्छ । बिहीबार ३ हजार १ सय ७५ संक्रमित फेला परेकोमा शुक्रबार २ हजार ५ सय २६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको यो आंकडा हेर्दा कोभिड संक्रमितको संख्या घट्दो र मृतकको संख्या बढ्दो क्रममा देखिएको हो ।

क्याटेगोरी : प्रदेश, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com