सरकारले मोरङलाई वर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गर्‍यो

नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत


काठमाडौं । सरकारले मोरङ जिल्लाको विराटनगर-१८ मा रहेको कृषि फार्मलाई केन्द्र मानेर वर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त घोषणाको निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्कीले वर्ड फ्लु नियन्त्रण गर्न मोरङ जिल्लाको विराटनगर महानगरपालिका १८ हिमालय कृषि फार्मलाई केन्द्र मानेर वर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको स्पष्ट पारेका हुन् ।  उक्त क्षेत्रमा वर्ड फ्लु देखिएपछि कुखुरा र परेवाहरू नष्ट गर्ने काम भएको थियो । सरकारले मोरङलाई वर्ड फ्लु प्रभावित क्षेत्र नै घोषणा गरेर वर्ड फ्लु नियन्त्रणका लागि थप कदम चाल्ने भएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले वर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेर वर्ड फ्लु नियन्त्रण गर्ने कदम चालेको हो ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेका सञ्चारमन्त्री कार्कीले जनाए । कोरोना भाइरस जस्ता सरुवा रोगले महामारीको रुप लिँदा अहिले नसर्ने रोग ओझेलमा परेको छ । नसर्ने रोगले भयावह रुप लिने विज्ञहरूको चेतावनी आइरहेको बेला सरकारले नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले गरेका अन्य निर्णयहरु

 

क्याटेगोरी : समाचार
ट्याग : ## मन्त्रिपरिषद्, #ज्ञानेन्द्र बहादुर कार्की, #नसर्ने रोग, #मोरङ, #वर्ड फ्लु, #विराटनगर, #सञ्चारमन्त्री, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com