ग्लोवल फण्ड हेर्ने सीसीएमको नयाँ कार्यसमिति चयन हुँदै


काठमाडौं । ग्लोवल फण्ड हेर्ने नेपालस्थित संयन्त्र कन्ट्री कोअर्डिनेटिङ मेकानिजम (सीसीएम)को नयाँ कार्य समिति चयन हुने भएको छ । विभिन्न निर्वाचन क्षेत्रबाट १० जना सदस्यलाई क्षेत्रगत प्रतिनिधित्व हुने गरी सीसीएममा चयन गरिने भएको हो ।

सीसीएमले एक सूचना प्रकाशित गर्दै सीसीएम नेपालमा तत्कालीन सदस्यहरूको पदावधि सन् २०२१ डिसेम्बर अन्त्यदेखि सकिई नयाँ कार्यसमिति चयन गनुपर्ने भएकाले सीसीएम नेपालको विभिन्न निर्वाचन क्षेत्रहरूको क्षेत्रगत प्रतिनिधि छनोटका लागि हुने निर्वाचन प्रक्रियामा सदस्यका लागि आसप-पत्र आह्वान गरेको छ ।

सीसीएमको आसप-पत्रमा गैरसरकारी संस्थाहरू र समुदायमा आधारित संस्थाहरू, एचआईभी, क्षयरोग वा मलेसियाबाट संक्रमित वा प्रभावित व्यक्तिहरू, मुख्य समूहहरु ( सुईद्वारा लागू पदार्थ प्रयोगकर्ताहरू, जेलमा रहेका कैदीहरू, यौनकर्मीहरू, पुरुष समलिङ्गी,/ तेस्रोलिङ्गीहरू, प्रवासी श्रमिकहरू, निजी क्षेत्र, शैक्षिक संस्थाहरु र असन्धानमूलक संस्थालाई निर्वाचन क्षेत्र मानेको छ ।

सीसीएममा नागरिक समाज तर्फको निर्वाचन क्षेत्रबाट २ सिटका लागि गैरसरकारी संस्थाहरू र समुदायमा आधारित संस्थाहरूको क्षेत्रगत प्रतिनिधित्व गराउने व्यवस्था रहेको छ । त्यस्तै एचआईभी, क्षयरोग वा मलेसियाबाट संक्रमित वा प्रभावित व्यक्तिहरूबाट ३ जनालाई क्षेत्रगत प्रतिनिधित्व गराउने आसय-पत्रमा उल्लेख छ । त्यसैगरी नागरिक समाज कै निर्वाचन क्षेत्रबाट ३ जनालाई मुख्य समूहको तर्फबाट क्षेत्रगत प्रतिनिधित्व गराइने जनाइएको छ ।

निजी क्षेत्रको निर्वाचन क्षेत्रबाट १ जनालाई नाफामूलक संस्थाहरुको  क्षेत्रगत प्रतिनिधित्व गराउने आसम-पत्रको सूचनामा उल्लेख छ । शैक्षिक अनुसन्धान निर्वाचन क्षेत्रबाट सरकारी/ गैरसरकारी, अनुसन्धानमूलक तथा शैक्षिक संस्थाको क्षेत्रगत प्रतिनिधित्व हुने गरी सीसीएममा एक जना सदस्य चयन हुनेछ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #क्षेत्रगत प्रतिनिधित्व, #ग्लोवल फण्ड, #नयाँ कार्यसमित, #सीसीएम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com