नेपाल-कोरिया मैत्री अस्पताल विस्तारमा कोईकाको ८.५ मिलियन सहयोग


काठमाडौं । भक्तपुरको मध्यपुर थिमिस्थित नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालको विस्तारका लागि ८.५ मिलियन अमेरिकी डलर सहयोग प्राप्त भएको छ ।

मध्यपुर थीमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठकाअनुसारबाट कोईकाबाट ८.५ मिलियन डलरको सहयोग स्वीकृतिको पत्र प्राप्त भएको छ । यो अत्यान्तै खुसीको क्षण भएको उनको भनाइ छ ।

अस्पतालको सञ्चालक समिति सदस्य दिवेश कर्मचार्यले कोइकाले अस्पताल विस्तारका लागि उक्त अनुदान दिएको स्पष्ट पारे । मध्यपुर थिमि नेपाल-किरिया मैत्री नगरपालिका अस्पतालको विस्तार र सुविधासम्पन्न बनाउन कोईकाले ८.५ मिलियन डलर सहयोग गरेको जानकारी दिए ।

कोईकाको सहयोग रकमले अस्पताल विकास, विस्तार र विकटमा नागरिकको स्वास्थ्य उपचारमा टेवा पुग्ने उनको तर्क छ । भक्तपुर, काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोक रेफरल अस्पतालको रूपमा मध्यपुर थिमि नेपाल-किरिया मैत्री नगरपालिका अस्पतालको स्तरोन्नती गर्ने तयारी भइरहेको कमचार्यको भनाई छ । यो अत्याधुनिक र सुविधासम्पन्न अस्पताल बन्ने उनले सुनाए ।

स्वास्थ्य बिमाको ९ करोड बक्यौता मध्य हालसम्म ७ करोड प्राप्त भइसकेकाले अस्पतालले स्वास्थ्य बिमा अब चाडैं सुरु गर्ने मेयर श्रेष्ठले जानकारी दिए ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, प्रदेश, समाचार
ट्याग : #८.५ मिलियन डलर सहयोग, #अस्पताल विस्तार, #कोइका, #नेपाल-कोरिया मैत्री नगरपालिका अस्पताल, #मध्यपुर थिमि, #मेयर मदन सुन्दर श्रेष्ठ, #सञ्चालक समिति सदस्य दिवेश कर्मचार्य, #स्वास्थ्य बिमा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com