स्वास्थ्य मन्त्रालय हो कि डम्पिङ साइड ?


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो समय हरेक हिसाबले अस्वस्थ बन्दै गएको छ । व्यवस्थापन र सरसफाइको पाटोमा स्वास्थ्यका अधिकारीहरू चुक्दै गएका छन् ।

फोहोरबाट उत्पन्न हुने रोगको विषयमा स्वास्थ्यका अधिकारी तारे होटलमा गएर ठूल्ठूला कुरा गर्छन् । एनजिओ/आईएनजिओको कार्यक्रममा गएर सर्ने र नसर्ने रोगका विषयमा स्वास्थ्यका अधिकारीहरू चर्को कुरा गरेर भत्ता पचाउने काम गर्दै आएका छन् । तर मन्त्रालय डम्पिङ साइड बन्दा पनि मुकदर्शक बनेको हुन् ।

एनजिओ/आईएनजिओ पनि फोहोर व्यवस्थापनको नाममा डलर झार्न अग्रसर छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अधिकारीहरुले पनि यही कुरा गरेर तलबभत्ता पचाउने गरेका छन् । स्वास्थ्य मन्त्रालयमा फोहोरबाट फैलिन सक्ने संक्रमणको विषयमा परामर्श दिन डब्ल्यूएचओ र अन्य संस्थाहरुले लाखौं रुपैयाँ दिएर परामर्शदाता खटाएका छन् । तर स्वास्थ्य मन्त्रालयको अवस्था हेर्दा विरक्त लाग्दो छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो अवस्था हेर्दा यो स्वास्थ्य मन्त्रालय हो कि डम्पिङ साइड हो छुट्याउन मुस्किल पर्छ । स्वास्थ्य मन्त्रालयको नेतृत्व उमेश श्रेष्ठले गर्दा स्वास्थ्य मन्त्रालय सफा र चिटिक्क देखिएकोमा अहिले फोहोरकोबीचमा रहेको छ ।

स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिने श्रेष्ठ स्वास्थ्यबाट हटेसँगै स्वास्थ्यबाट उनीसँगै सरसफाइ पनि हटेको छ । स्वास्थ्य मत्रालयको नेतृत्व विरोध खतिवडाले सम्हालेलगत्तै स्वास्थ्यका कर्मचारीहरुले मन्त्रालयलाई डम्पिङ साइड बनाइदिएका छन् ।

स्वास्थ्यमा उमेश श्रेष्ठ हुँदा महिनामा दुईपटक सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको थियो । विरोध खतिवडा आएसँगै सरसफाइको अभियान रोकिएको छ । विरोधका लागि ठिक देखिएका स्वास्थ्यमन्त्री खतिवडा मन्त्रालयको व्यवस्थापन र सरसफाइमा भने चुकेका छन् । उनलाई व्यवस्थापनमा असफल बनाउन मन्त्रालयका जिम्मेवार अधिकारीको पनि उत्तिकै भूमिका छ ।

स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयलाई डम्पिङ साइड कै रुपमा छाड्छन् कि फोहोरको उचित व्यवस्थापन गरेर मन्त्रालय जस्तो बनाउँछन् हेर्न बाँकी छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## विरोध खतिवडा, #उमेश श्रेष्ठ, #डम्पिङ साइड, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com