मणिपाल हत्याउने बतास समूहलाई पशुपति धर्मशालामा अदालतको झापड


काठमाडौं ।  पोखरास्थित मणिपाल शिक्षण अस्पताल  अनुचित ढंगले हत्याएको बतास समूहले पशुपति धर्मशालामा अदालतबाट झापड भेटेको छ । राज्य संयन्त्रसँग सेटिङ मिलाएर राज्यका ऐतिहासिक सम्पदा र सम्पत्तिमा रजाइँ गरिरहेको बतास समूहले पशुपति धर्मशालामा अनुचित व्यापार गर्दा बदमासीको पर्दाफास भएको छ ।

राज्यको उपल्लो तहसँग साँठगाँठ गरेर भारतले अनुदानमा बनाइदिएको धर्मशालामा अनुचत  र अनैतिक हर्कत देखाएको बतास समूहलाई अदालतले ठेगान लगाइदिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको सक्रियतामा अनुचित तरिकाले पशुपति धर्मशालामा छिरेको बतास समूहलाई निकाल्ने तयारी भएको थियो । त्यसकोविरुद्धमा बतास समूह अदालत गएको हो तर उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपध्यायको इजलासले बतास समूहको अनुचित धन्दा जारी राख्न दिन अस्वीकार गरेको हो ।

न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै संयुक्त इजलासले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नदिने सरकारको निर्णयलाई बाटो खुला गरिदिएको छ ।

कुन ठाउँमा व्यापार गर्ने भनेर सामान्य इथिक्स पनि पालना नगर्ने बतास समूहले पशुपति धर्मशाला, नारायणहिटी दरबार संग्रहालय जस्ता ठाउँमा अनुचित व्यापार गर्दै आएको थियो । तर पर्यटनमन्त्री प्रेम आलेले बतास समूहको अनुचित र अवैध धन्दालाई रोकिदिए । अदालतको आडमा अनुचित व्यापारलाई जारी राख्ने बतासको दाउमा अदालत समेत बाधक बनिदिएको छ । पर्यटन मन्त्रालयका अधिकारीहरू बतासले व्यापार गर्न पाए पशुपति आर्यघाटको ब्रह्मनालमा समेत सेकुवा कर्नर खोलेर व्यापार गर्न पछि नपर्ने व्यंग्य गर्छन् ।

क्याटेगोरी : समाचार
ट्याग : ## प्रेम आले, ## बतास समूह, #अनुचित व्यापार, #तस्करी, #पशुपति धर्मशाला, #पाटन उच्च अदालत, #संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com