निःसन्तानको नाममा अवैध रुपमा पीडित ठग्दै वात्सल्य आईभीएफ


काठमाडौं ।  निःसन्तान भएका आमा बुबालाई सन्तान दिलाउने भन्दै राजधानी नक्साल- नागपोखरीमा खुलेको वात्सल्य आईभीएफ सेन्टर अनुमति नै नलिई संचालनमा रहेको पाइएको छ । नियमत आईभीएफ (इनभिट्रो फर्टिलाइजेशन) सेवा संचालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति लिनुपर्छ । प्रहरी प्रधान कार्यालयसँगै वर्षौदेखि यस वात्साल्य अवैध रुपमा संचालनमा रहेको र हजारौं निःसन्तान दम्पतीलाई ठगिरहेको सूचना प्राप्त भएको छ । ठगीको कुरा बिनाअनुमति वात्साल्य चल्नुले आफै स्पष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर तथा अनुगमन महाशाखा प्रमुख डा. मदन उपाध्याय वात्सल्य आईभीएफले अनुमति नपाएको बताउँछन् । अनुमति समेत नलिएको वात्सल्यले राज्यलाई मात्र हैन, सेवा लिन पुगेका कयौं नागरिकमाथि ठगी गरिरको त्यही आवद्ध कतिपय कर्मचारीहरु बताउँछन् । उच्च स्रोतका अनुसार भारतीय लगानी रहेको उक्त आईभीएफमा नेपालको प्रतिनिधित्व प्रशान्त सुवेदीले गरेका छन् ।  उनी वात्सल्यमा एमडीको भूमिकामा रहेका छन् । अनुमती बिना संचालन गरेर दुखि गरिब पीडितलाई ठग्ने धन्दाको चाँजोपाँजो मिलाउने व्यक्ति उनै सुवेदी हुन् ।

आम नागरिकलाई भ्रममा पार्नेगरी भद्धा विज्ञापन गरेर  अनुमतिबिनै संचालन हुनुलाई स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले गम्भीरताका साथ हेरेका छन् । स्वास्थ्य लाइभलाई प्राप्त जानकारी अनुसार वात्सल्यले हालै अनुमतिका लागि स्वास्थ्य मन्त्रालयमा निवेदन दिएको छ । संचालक सुवेदीले स्वास्थ्य लाइभको प्रश्नमा अनुमति पाएको बताएका थिए, तर, उनले पत्र दिन सकेका थिएनन् । पछिल्लो समय सम्पर्कमै आएका छैनन् ।

प्रतिव्यक्ति वात्सल्यले आइभिएफको प्रोसेसका लागि ३ लाखदेखि ४ लाख रुपैयाँसम्म लिने गरेको छ । बच्चा नबसेको भन्दै तारन्तार रकम लिने गरेको गुनासो स्वास्थ्य लाइभले पाएको छ । स्वास्थ्य लाइभले वात्सल्यले दिएको सेवा र केही शंकास्पद गतिविधिकाबारेमा मसिनोगरी केलाइरहेको छ । अधिकांश केसहरु फेल भएपछि त्यसलाई छोप्न उक्त संस्थाले विभिन्न रणनीति अपनाएर काम गरिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नर्भिक अस्पतालमा संचालित आईभीएफले मात्रै अनुमती पाएको छ ।

वात्सल्यको अर्थ “आफ्नो बच्चाको लागि आमा-बुबाको माया” हो । यो सारलाई हृदयमा राख्दै, वात्सल्य नेपालमा विश्वस्तरीय बाँझोपन उपचार उपलब्ध गराउन उत्प्रेरित युवा उद्यमी र असाधारण चिकित्साकर्मीहरूको समूहद्वारा स्थापना गरिएको हो ।

वात्सल्य प्राकृतिक आइभिएफ सबै प्रकारका बाँझोपन अवस्थाहरूको लागि एक-स्टप समाधान भएको गलत भ्रम छरेको अधिकारीहरु बताउँछन् । अधिकांश विज्ञ चिकित्सकहरु वात्साल्य छाडेर गइसकेका छन् । स्रोतका अनुसार भारतबाट हाल केही चिकित्सकहरु प्रोसेसिङ्का लागि आउने गरेका छन् । ‘एक पटक प्रोसेस गर्दा ५० जना भेला पार्ने र भारतबाट सम्बन्धीत व्यक्ति बोलाउने गरिएको छ’, एक कर्मचारीले भने ।

प्रहरी प्रधान कार्यालयसँगै वात्सल्यले ठगी धन्दा चलाउँदा समेत राज्यका जिम्मेवार निकाय लाचार भनेर मान्छेको भावनामाथि खेलबाड गरिरहेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #आईभीएफ, #एमडी प्रशान्त सुवेदीले, #ठगी धन्दा, #नक्साल - नागपोखरी, #प्रहरी प्रधान कार्यालय, #वात्सल्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com