वात्सल्यले नि:सन्तानको नाममा अवैध धन्दा चलाएको पुष्टि


काठमाडौं । वात्सल्य आईभीएफले  निःसन्तानलाई सेवा दिने नाममा अवैध धन्दा चलाइरहेको पुष्टि भएको छ । काठमाडौंको नागपोखरीस्थित नारायण चौरसँगै रहेको वात्सल्य आईभीएफले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति नै नलिई अवैध धन्दा चलाइरहेको स्वास्थ्य लाइभले फेला पारेको हो ।

सन्तान नभएका आमा बुबालाई सन्तान दिलाउने भन्दै राजधानी नक्साल- नागपोखरीमा खुलेको वात्सल्य आईभीएफ सेन्टरका नाममा अवैध धन्दा चलाइरहेको छ ।

वात्सल्य आईभीएफमा नेपालको प्रतिनिधित्व प्रशान्त सुवेदीले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएरै आईभीएफ सेन्टर सञ्चालन गरेको दाबी गर्दै आएका थिए । स्वास्थ्य लाइभले मन्त्रालयबाट अनुमति पाएको कागजात पटकपटक माग्दा उनले उपलब्ध गराउन सकेका थिएनन् । स्वास्थ्य लाइभको खोजीमा उनले अनुमतिका लागि निवेदन दिएपनि स्वास्थ्य मन्त्रालयले आईभीएफ सेन्टर सञ्चालनको अनुमति प्रदान गरिनसकेको खुल्न आएको छ ।  वात्सल्यले अनुमति नपाई आईभीएफको अवैध धन्दा चलाइरहेको पाइएको छ ।

नियमत आईभीएफ (इनभिट्रो फर्टिलाइजेशन) सेवा संचालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति लिनुपर्छ । प्रहरी प्रधान कार्यालयसँगै वर्षौदेखि यस वात्साल्य अवैध रुपमा संचालनमा रहेको र हजारौं निःसन्तान दम्पतीलाई ठगिरहेको सूचना प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति नै नपाई वात्सल्यले आईभीएफ सेवा सञ्चालन गर्नुले त्यो संस्था ठगी धन्दामा संलग्न छ भन्ने कुरा प्रस्ट हुन्छ ।

 

स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएर मात्र आईभीएफ सेन्टर सञ्चालन गर्नु पर्नेमा निवेदन दिएको आडमा वात्सल्यले अवैध धन्दा चलाउने काम गरिरहेको स्वास्थ्य लाइभले कागजात फेला पारेको हो । वात्सल्यको थप कागजात समेत स्वास्थ्य लाइभले प्राप्त गरिसकेको छ । वात्सल्यको अवैध धन्दामाथि स्वास्थ्य लाइभले थप चिरफार गर्नेछ ।

क्याटेगोरी : समाचार
ट्याग : ## अवैध धन्दा, #आईभीएफ, #एमडी प्रशान्त सुवेदीले, #नागपोखरी, #वात्सल्य, #विना अनुमति सञ्चालन, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com