पर्यटनमन्त्रीको उपस्थितिमा काठमाडौंमा रक्तदान कार्यक्रम


काठमाडौं । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठको उपस्थितिमा शनिबार भव्य रुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं  महानगर पालिका वडा नम्बर २९ र त्रिवेणी युवा क्लबको संयुक्त आयोजनामा घट्टेकुलोस्थित सामुदायिक प्रहरी केन्द्रमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त रक्तदान कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री श्रेष्ठ, माओवादी नेता अनिल शर्मा, बागमती प्रदेशका प्रदेश सभा सदस्य राजेन्द्र गुरुङ, काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी, त्रिवेणी युवा क्लबमा विन्देश खनाल, ज्ञान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

सामुदायिक प्रहरी केन्द्रमा सयौंको संख्यामा उपस्थित भएर रक्त दाना गरेका छन् । त्रिवेणी युवा क्लबले नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित बुद्धनगरमा रहेको मेरो हस्पिटलमा नेपाली कांग्रेसको प्रदेश  क्षेत्रीय कार्य समिति काठमाडौं निर्वाचन क्षेत्र नम्बर १(क) बागमती प्रदेशले निःशल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

त्यसै प्रदेशबाट निर्वाचित बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठको उपस्थितिमा मेरो हस्पिटलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

मेरो हस्पिटलमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा सुगर, रक्तचाप, नशा तथा हार्डजोर्नी, स्त्रीरोग, प्रसूति, मुटुरोग, दाँत, छाला, ग्यास्ट्रिकसम्बन्धी चिकित्सक परामर्श समेत दिइएको छ ।

रविन्द्र श्रेष्ठलगायतको कांग्रेसका स्थानीय नेताहरुको पहलमा उक्त नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हो ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : ## दीपेन्द्र श्रेष्ठ, ## रक्तदान कार्यक्रम, #निःशुल्क स्वास्थ्य शिविर, #संस्कृति तथा पर्यटनमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com