महाशिवरात्रिको अवसरमा पाशुपत क्षेत्रमा स्वास्थ्य शिविरको होडबाजी


काठमाडौं । महाशिवरात्रिको अवसरमा पाशुपत क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने होडबाजी चेलेको छ ।

अस्पतालदेखि क्लबसम्मले पशुपतिनाथ मन्दिर परिसरमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी थालेका छन् । आज महाशिवरात्रिलाई लक्षित गरी हिजैदेखि पाशुपत क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्न तयारी पूरा भइसकेको छ ।

टेन्ट टाँगेर व्यवस्थित रुपमा स्वास्थ्य शिविर भव्य रुपमा सञ्चालन गर्न खोजिएको छ । दाँतदेखि हातसम्मको स्वास्थ्य उपचार निःशुल्क गरिने पाशुपत क्षेत्रमा खुलेका स्वास्थ्य शिविरले जनाएका छन् ।

पाशुपत क्षेत्रमा सञ्चालित स्वास्थ्य शिविरमध्ये शुपतिनाथ मन्दिरको अघिल्लो भागमा रहेको नेपाली सेनाको स्वास्थ्य शिविर भव्य, सभ्य र व्यवस्थित देखिन्छ ।  महाशिवरात्रि सेना दिवस भएरपनि हुनुपर्छ पाशुपत क्षेत्रमा सेनाको स्वास्थ्य शिविर विशेष रहेको छ ।

मेघा अस्पतालदेखि ओम समाज डेन्टल अस्पतालसम्मका स्वास्थ्य शिविर पाशुपत क्षेत्रमा खुलेका छन् ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #निःशुल्क स्वास्थ्य शिविर, #पाशुपात क्षेत्र, #महाशिवरात्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com