औषधि व्यवस्था विभागबाट राष्ट्रिय औषधि प्रयोगशाला फुटाउने तयारी


काठमाडौं । सरकारले राष्ट्रिय औषधि औषधि व्यवस्था विभागबाट राष्ट्रिय औषधि प्रयोगशाला फुटाउने तयारी गरेको छ ।

हाल राष्ट्रिय औषधि प्रयोगशाला औषधि व्यवस्था विभागको मातहतमा रहेको संस्था जस्तो देखिएको छ । पछिल्लो केही वर्षदेखि विभागमा विभाग र प्रयोगशालका दुई उच्च अधिकारीबीच देखिँदै आएको विवादका कारण सरकारले प्रयोगशाला फुटाउने तयारी गरेको हो । विभाग र प्रयोगशालामा एघारौं तहको दरबन्दी रहेको छ ।

विभागको महानिर्देशकको अण्डरमा प्रयोगशाला हुने कानुनी व्यवस्था रहेको छ । तर, स्वास्थ्यमन्त्रीले सबैभन्दा सिनियरलाई प्रयोगशाला र जुनियरलाई विभागको महानिर्देशक बनाएका कारण दुई निकायबिचको विवाद उत्कर्षमा छ ।

प्रयोगशालाको प्रमुख विभागको महानिर्देशक मातहतमा हुने भएकाले प्रयोगशालामा सिनियरलाई पठाउँदा समस्या देखिँदै आएको छ । यस्तो विवाद बारम्बार आउन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभाग र प्रयोगशालालाई फुटाउने तयारी गरेको हो ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले औषधि व्यवस्था विभागको महानिर्देशकमा जुनियरलाई बनाएर सिनियर रहेका नारायणप्रसाद ढकाललाई राष्ट्रिय औषधि प्रयोगशाला पठाएका थिए । तर, ढकालले जुनियरको ‘अन्डर’मा नबस्ने भन्दै नेतृत्व सम्हालेका छैनन् । यसले गर्दा प्रयोगशाला र विभागबीच विवाद उत्पन्न भएको हो । यस अगाडि ढकाललाई विभागको महानिर्देशक दिँदा हालका महानिर्देशक भरत भट्टराई समेत सिनियरको अण्डरमा बस्न नमिल्ने भन्दै हाजिर समेत गर्न गएका थिएनन् । बरु उनी बिदामा बसेर कसरी सिनियरलाई हटाउन सकिन्छ भनेर सेटिङ मिलाउन लागि परे । त्यसमा भट्टराई सफल भएका छन् ।

औषधि व्यवस्था विभागबाट तीनमहिनामा बाहिरिएका ढकालले राजीनमा दिएर जाने भन्दै पत्र बोकेर मन्त्रालय पुगेपछि मन्त्रालयले प्रयोगशाला र विभाग फुटाउने निर्णयमा पुगेको हो । मन्त्रालयका एक अधिकारीले भने, ‘सिनियरको अण्डरमा जुनियर बस्ने हो । तर, विभागमा जसले बढी पैसा बुझाउँछ उही नेतृत्वमा हुन्छ । त्यहा सिनियर जुनियर लागु भएको छैन ।’, त्यसैले प्रयोगशाला मन्त्रालयमार्फत राखेको खण्डमा सहज हुने देखेर मन्त्रिपरिषद्मा प्रस्ताव गरेको हो । सिनियर र जुनियरको विवाद पटकपटक आउन थालेपछि स्वास्थ्य सेवा विभागको अन्डरमा रहनेे गरी रहेेको राष्ट्रिय औषधि प्रयोगशालालाई त्यसबाट अलग गर्न प्रस्ताव गरिएको स्वास्थ्य मन्त्रालय उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

क्याटेगोरी : समाचार
ट्याग : ## मन्त्रिपरिषद्, #औषधि व्यवस्था विभाग, #नारायण ढकाल, #भरत भट्टराई, #राष्ट्रिय औषधि प्रयोगशाला, #विभाग र प्रयोगशाला फुटाउने तयारी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com