स्वास्थ्यमन्त्री खतिवडासहितलाई सरकारबाट फिर्ता बोलाउन नेकपा एसभित्र दबाब


काठमाडौं ।  स्वास्थ्यमन्त्री विरोध खतिवडासहितका मन्त्रीलाई फिर्ता बोलाउन नेकपा एकीकृत समाजवादी (एस)भित्र चर्को दबाब परेको छ ।

नेकपा एसको स्थायी समिति बैठकमा स्वास्थ्यमन्त्री खतिवडा, सहरी विकासमन्त्री रामकुमार झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठलाई मन्त्रीबाट फिर्ता बोलाएर नयाँ व्यक्ति पठाउन नेताहरुको चर्को दबाब परेको हो । उनीहरुको कार्य सम्पादन सन्तोषजनक नरहेको र कार्यशैलीको समेत आलोचना हुन थालेपछि मन्त्रीबाट फिर्ता बोलाउनु पर्ने पक्षमा अधिकांश स्थायी समिति सदस्यको मत रहेको एक स्थायी समिति सदस्यले स्वास्थ्य लाइभलाई बताए ।

स्वास्थ्यमन्त्री खतिवडाको २४ लाख खोप काण्डमा तीव्र आलोचना भइरहेको र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत त्यसलाई एजेण्डा बनाउँदै आएकाले फिर्ता बोलाउनु पर्ने कुरा स्थायी कमिटीमा उठेको नेकपा एसका ती नेताको भनाइ छ । स्वास्थ्यमन्त्री खतिवडाले देखिने गरी काम गर्न नसकेको र उनको कार्यशैलीले पार्टीलाई उल्टै क्षति पुगेकाले मन्त्रीबाट  फिर्ता बोलाएर नयाँ व्यक्तिलाई उक्त जिम्मेवारी दिनुपर्न पक्षमा एसका अधिकांश नेताहरुले धारणा राखेको छन् ।

सहरी विकासमन्त्री झाँक्रीको फिर्के सलामीदेखि एमसीसीको पक्षमा राखेको धारणाको विषयमा स्थायी कमिटी बैठकमा चर्को आलोचना भएको छ । पार्टीका भातृ संगठन र सुभेच्छुक संगठनले समेत मन्त्री झाँक्रीलाई सरकारबाट फिर्ता बोलाउन चर्को दबाब दिएका छन् । श्रममन्त्री श्रेष्ठले पनि सन्तोषजनक काम नगरेकाले उनको ठाउँमा अर्को व्यक्तिलाई पठाउनु पर्ने आवाज बैठकमा उठेको छ ।

यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको काम भने जन चाहना अनुसार रहेकाले मन्त्रीमा निरन्तरता दिन उपयुक्त हुने नेताहरुको धारणा छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने दौडमा रहेका मेटमणि चौधरी खतिवडालाई फिर्ता बोलाएर आफू जान सबैभन्दा चर्को लबिइङमा लागेका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी, #मेटमणि चौधरी, #श्रममन्त्री कृष्ण कुमार श्रेष्ठ, #संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, #सहरी विकास मन्त्री रामकुमारी झाँक्री, #स्थायी समिति बैठक, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com