‘जनसंख्याको अनुपातमा चिकित्सकको स्थायी दरबन्दी अनिवार्य’


काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य सेवामा जनसंख्याको अनुपातमा चिकित्सकको स्थायी दरबन्दी अनिवार्य रुपमा बृद्धि गर्न माग गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै संघले उक्त माग गरेको हो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डलाई पालना गर्दै संघीय संरचना अनुसार स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एवं युवा चिकित्सकहरुलाई नेपालको स्वास्थ्य सेवामा आकर्षण बढाउका लागि जनसंख्या बृद्धिको अनुपात अनुसार स्थायी दरबन्दी अनिवार्य रुपमा बृद्धि गरिनु पर्ने संघले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

नेपालका चिकित्सकहरुको सुरुको नियुक्ति राजपत्र द्वितिय श्रेणीबाट  हुनुपर्नेमा संघले प्रधानमन्त्री देउवासमक्ष ध्यानार्षण गराएको छ ।

 

संघले करलगायत विविध विषयलाई समेटेर प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको हो । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव बद्री रिजालले हस्ताक्षर गरेको १० बुँदे ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाउँदै तत्काल त्यसको सम्बोधन गर्न आग्रह गरिएको छ ।

संघले बुझाएको ज्ञापन पत्रमा चिकित्सकहरूलाई संघमै राखेर आवश्यकता अनुसार प्रदेश र स्थानीय तहमा परिचालन गर्ने व्यवस्थाको सुनिश्चित हुनुपर्ने ध्यानाकर्षण गराइएको छ । ‘हालको संघीय संरचना अनुसार स्थानीय तहमा कार्यरत चिकित्सक जीवनभर नै सोही निकायमा मात्र कार्यरत रहनु पर्ने बाध्यात्मक परिस्थितिका कारण नीजहरूको क्षमता वृत्तिविकासमा बाधा उत्पन्न हुने तथा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा विभिन्न विधाका चिकित्सकहरूको आवश्यक पर्ने भएको हुनाले चिकित्सकहरूलाई संघ अन्तर्गत नै राखी आवश्यक अनुसार स्थानीय र प्रदेशमा परिचालन गर्ने व्यवस्थाको सुनिश्चित हुनुपर्ने’, संघका अध्यक्ष कार्की र महासचिव रिजालले हस्ताक्षर गरेर प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अध्यक्ष डा. लोचन कार्की, #नेपाल चिकित्सक संघ, #प्रधानमन्त्री शेरबहादुर देउवा, #महासचिव डा. बद्री रिजाल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com