दिनभरि स्वास्थ्य सेवा दिएर साँझमा रमाउँदै चिकित्सकहरू


काठमाडौं । चिकित्सकहरु सेवामा मात्र होइन रमाईलो गर्नमा पनि उत्तिकै सक्रिय देखिन्छ । भोजपुरमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा दिनभरि स्वास्थ्य सेवा दिएका चिकित्सकहरु साँझमा रमाउँन थालेका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको अग्रसरतामा भोजपुर आएका ख्यातीप्राप्त चिकित्सकहरु दिनभरि बिरामीको सेवामा लाग्दा थाकेपनि साँझमा भने रमाएका छन् ।

शुक्रबार मात्रै २५ सयलाई स्वास्थ्य सेवा प्रदान गरेका चिकित्सकहरु तथा स्वास्थ्यकर्मीहरूलाई भोजपुर नगरपालिकाले ‘रिसेप्सन’ दिएको हो । उक्त कार्यक्रममा डा. लोचन कार्की, डा. भगवान कोइरालालगायतका चिकित्सकहरुको जमघट रहेको छ ।

भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले मगरले नेपाल चिकित्सक संघको समन्वयमा भोजपुरका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न आएका नेपालकै प्रतिष्ठित चिकित्सकहरूलाई सम्मान स्वरूप कार्यक्रम राखिएको बताए ।

मेयर आले स्वयंले देशभरबाट भोजपुरमा स्वास्थ्य सेवा दिन आएका चिकित्सकहरूको सम्मानमा गितार बजाउँदै गाना समेत गाए ।  उनीसँगै चिकित्सकहरु पनि रमाएका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्की पनि चिकित्सकहरुको सम्मान कार्यक्रममा निकै प्रफूल्लित देखिए ।

भोजपुरको वृहत्त निःशुल्क स्वास्थ्य शिविरमा सेवा दिन डा. भगवान कोइराला, डा. भुपेन्द्र कुमार बस्नेत, डा. प्रमोद जोशी,  डा. आनन्दप्रसाद श्रेष्ठ, डा. दीपक सिग्देल, योग्य खरेल, डा. फरेन्द्र शाह, डा. रबिन बस्नेतलगायत सक्रिय रहेका छन् ।

स्वास्थ्य शिविरमा नेपाल चिकित्सक संघका अध्यक्ष कार्कीसहित उपाध्यक्ष डा. अनिलबिक्रम कार्की, शिवजी पौडेल, महासचिव डा. बद्री रिजाल, कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी र सहकोषाध्यक्ष डा. विश्वराज दवाडी पनि जाने भएका छन्। सदस्यहरू डा. सञ्जीव तिवारी, डा. विपेश आचार्यल, बिक्रान्त ढकाललगायत पनि निकै सक्रियतापूर्वक खटेका छन् ।

भोजपुरमा सञ्चालित दुईदिने वृहत्त निःशुल्क स्वास्थ्य शिविरमा नेपाल चिकित्सक संघ, भोजपुर नगरपालिका,दावाँली मिलन  क्लबसहितका संस्थाहरुको विशेष भूमिका रहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अध्यक्ष डा. लोचन कार्की, #डा. भगवान कोइराला, #निःशुल्क स्वास्थ्य शिविर, #नेपाल चिकित्सक संघ, #भोजपुर

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com