भोजपुर जिल्ला अस्पतालमा सूचना हेरेर मख्ख पर्दै महासचिव डा. रिजाल


काठमाडौं । दुईदिने स्वास्थ्य शिविरका लागि गत बिहीबार भोजपुर पुगेका नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजाल  जिल्ला अस्पताल भोजपुरमा टाँसिएको सूचना हेरेर मख्ख परेका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले संघको महासचिव हुँदा देखिनै उठाउँदै आएको स्वास्थ्य संस्थामा आगजानी, तोडफोड कुटपिट, तालाबन्दी वा उपचारको क्रममा बाधा पारे जेल हाल्ने कानुनको सूचना जिल्ला अस्पतालमा टाँसिएको थियो । डा. कार्की संघको अध्यक भएपछि निरन्तर लागिपरेर ल्याएको कानुन उनकै कार्यसमितिका महासचिव डा. रिजालले मख्ख परेर हेरेका हुन् ।

भोजपुर जिल्ला अस्पतालमा टाँसिएको सूचनामा ‘स्वास्थ्य संस्थामा आगजानी, तोडफोड कुटपिट, तालाबन्दी वा उपचारको क्रममा बाधा पारे ‘ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी(पहिलो संशोधन) , २०७८ अनुसार पुर्पक्षको लागि थुनामा राखी २ देखि ५ वर्षसम्म कैद वा २ देखि ५ लाख जरिवाना वा दुवै सजाय हुन सक्ने छ ।’, उल्लेख गरिएको छ ।

फोटो : स्वास्थ्य लाइभ डटकम

यो कानुन आउनुलाई नेपाल चिकित्सक संघको वर्तमान कार्यसमितिले मुख्य उपलब्धिको रुपमा लिएको छ । संघका अध्यक्ष डा. कार्कीले चुनावी एजेण्डा बनाएको कुराले कानुन हैसियत पाएपछि जिल्ला अस्पताल भोजपुरको भित्तामा पनि उक्त कुरा लेखेर टाँसिएको हो । संघका महासचिव आफ्नो कार्यकालको उपलब्धिका रुपमा प्रस्तुत गर्दै आएको उक्त कानुनको सूचना शुक्रबार जिल्ला अस्पतालको भित्तामा देखेपछि मख्ख परेर हेरेका हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : #अध्यक्ष डा. लोचन कार्की, #जिल्ला अस्पताल भोजपुर, #निःशुल्क स्वास्थ्य शिविर, #नेपाल चिकित्सक संघ, #महासचिव डा. बद्री रिजाल, #सूचना

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com