भोजपुर साँझमा भगवान र दुर्गाको भलाकुसारी


काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको कमाण्डमा निःशुल्क स्वास्थ्य शिविरका लागि भोजपुर पुगेका चिकित्सकहरुको बेग्लै शैली देखियो ।

यति धेरै विशेषज्ञ चिकित्सकको उपस्थितिमा भएको नेपालमै पहिलो स्वास्थ्य शिविर दाबी गरिएको भोजपुर स्वास्थ्य शिविरमा चिकित्सकहरुको भाषणदेखि आसनसम्म बेजोड देखियो । डा. भुपेन्द्र कुमार बस्नेत, डा. लोचन कार्की आफ्नै गृह जिल्लामा पुगेर होला अरुभन्दा अलि बढी सक्रिय देखिए ।

नेपाल चिकित्सक संघका डा. अनिल बिक्रम कार्की, डा. बद्री रिजाल डा. प्रकाश बुढाथोकी, डा. प्रमोद जोशी, विश्वराज दवाडी, विपेश आचार्य, सञ्जिव तिवारी पनि स्वास्थ्य शिविरमा उत्तिकै सक्रिय रहेका थिए । स्वास्थ्य शिविर सञ्चालन भएको पहिलो दिन(शुक्रबार) वरिष्ठ-विशेषज्ञ चिकित्सकहरूले बिरामीलाई निरन्तर  स्वास्थ्य सेवा प्रदान गरेका थिए ।  त्यसमध्येमा नेपालमै कहलिएका चिकित्सक डा. भगवान कोइराला र रत्नमणि गजुरेलले जिल्ला अस्पताल भोजपुरकै नयाँ भवनबाट मुटुरोग सम्बन्धी स्वास्थ्य सेवा दिएका थिए ।

स्वास्थ्य शिविर उद्‌घाटन समारोहमा पनि उपस्थित नभई सेवा दिएका डा. भगवान साँझपख मात्र भोजपुर नगरपालिकाले आयोजना गरेको रात्रीभोजमा देखा परे । उनीसँगै  महाराजगञ्ज क्याम्पसमा हेल्थ असिस्टेन्ट (एच.ए.) पढेका दुर्गापसाद भट्टराईसँग डा. भगवानको उक्त भेटमा लामै भलाकसारी चल्यो । महाराजगञ्ज क्याम्पसमासँगै एच.ए. पढेका पूर्व परराष्ट्र सचिव भट्टराईको गृह जिल्ला भोजपुरमै नेपाल चिकित्सक संघले स्वास्थ्य शिविर सञ्चालन गरेको मौकामा डा. भगवान र दुर्गालाई भलाकुसारी गर्ने अवसर मिलेको हो ।

सञ्चारकर्मी सुमन खरेल, वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्त, डा. भगवान र दुर्गा एच.ए.का सहपाठी हुन् । मुटुरोग विशेषज्ञ बनेका साथी डा. भगवानलाई कूटनीतिको मुटु परराष्ट्र मन्त्रालयको सचिव र संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि(राजदूत) भइसकेका दुर्गाले भोजपुरमा स्वागत गर्न पाउँदा निकै उत्साहित देखिन्थे । एच.ए. पढेर सेवा गर्न थालेपछि यो फिल्ड मेरो होइन भनेर पेशा नै परिवर्तन गरेको स्वास्थ्य शिविरमा भेटिएका दुर्गाले स्वास्थ्य लाइभलाई सुनाए ।

चिकित्सकहरूको भीडमा दावाँली मिलन क्लबको ‘क्याप’ टोपी लगाएर बसिरहेका उनी आफूले चिकित्सा फिल्ड छाडेका कुनै गुनासो नरहेको बताउँछन् । आफ्नै गृह जिल्लामा सहपाठी डा. भगवानको प्रशंशा हुँदा दुर्गा पनि दंग परेर सुनिरहेका थिए ।भोजपुर साँझमा भएको भेटमा भने एच.ए.का सहपाठी मान्छेको मुटु बचाउँने डा. भगवान र परराष्ट्रको मुटु चलाउँने दुर्गाको लामै भलाकुसारी चल्यो ।

क्याटेगोरी : समाचार
ट्याग : #अध्यक्ष डा. लोचन कार्की, #डा. भगवान कोइराला, #नेपाल चिकित्सक संघ, #पूर्व परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई, #स्वास्थ्य शिविर भोजपुर

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com