वीर अस्पतालमा अनिवार्य पीसीआर टेस्ट गर्नुनपर्ने


काठमाडौं । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालले अनिवार्य पीसीआर टेस्ट गर्नुपर्ने व्यवस्था हटाएको छ ।

कोभिड-१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेस्ट अनिवार्य नगरिएको अस्पताले परिपत्र गरेको हो । अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी भुपेन्द्र कुमार बस्नेतको निर्देशनमा  कोभिड-१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेस्ट अनिवार्य नगराउन निर्देशन दिएको हो ।

‘कोभिड-१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेस्ट अनिवार्य नगराउन भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फागुन २३ को निर्णय प्राप्त भएकाले सोही अनुसार गर्न गराउनु हुन अनुरोध छ’, वीर अस्पतालको परिपत्रमा भनिएको छ ।

कोभिड-१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेस्ट अनिवार्य नगराउन सबै स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई आग्रह गरेको हो । तर, निजी अस्पताल र स्वास्थ्य संस्थाले भने पीसीआर टेस्टको ठगी धन्दा जारी राखेका छन् । वीर अस्पतालले भने आजैदखि मन्त्रालयको निर्देशन पालना गरेको छ ।

 

क्याटेगोरी : विविध, समाचार, सुशासन
ट्याग : ## वीर अस्पताल, #कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल वीर, #निमित्त प्रमुख प्रशासकीय अधिकारी भुपेन्द्र कुमार बस्नेत, #परिपत्र, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com