पीसीआरमा अस्पतालहरुको कमाउ धन्दा जारी, स्वास्थ्य मन्त्रालयको निर्देशन पालना भएन


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन उल्लंघन गर्दै ठूला निजी अस्पतालले कमाउ धन्दा जारी राखेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेस्ट अनिवार्य नगराउनु हुन् सम्बन्धित सबै स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई निर्देशन दिएको थियो । तर, ह्याम्स, ग्रान्डी, मेडिसिटीलगायतका ठूला अस्पतालले नै पीपीआर टेस्टलाई अनिवार्य गरिरहेको गुनासो आएका छ ।

स्वास्थ्य मन्त्रालयले फागुन २३ गते कोभिड-१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेस्ट अनिवार्य नगराउन सबै स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई आग्रह गरेको हो । स्वास्थ्यले फागुन २७ गते प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक रुपमै उक्त निर्णयको जानकारी समेत गराइसकेको छ । तर निजी अस्पतालहरुको पीसीआर टेस्टको ठगी धन्दा रोकिएको छैन ।

निर्णय गर्ने र कार्यान्वयन गर्न नसक्ने स्वास्थ्य मन्त्रालयको चालाले निजी अस्पताललाई मालामाल हुँदै आएको छ । पछिल्लो निर्णयले पनि निजी अस्पताललाई नछुनुले स्वास्थ्य मन्त्रालयको अनुगमनको पाटो निकै फितलो र कमजोर रहेको पुष्टि हुन्छ ।

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रा भने स्वास्थ्य मन्त्रालयको निर्देशनविपरीत स्वास्थ्य संस्था तथा अस्पतालहरुले पीसीआर टेस्ट अनिवार्य गर्न नमिल्ने बताउँछिन् ।  उक्त विषयमा स्वास्थ्य मन्त्रालयले निर्देशन दिएकाे भन्दै उनले अनुगमनले त्यो विषयमा हेर्ने स्पष्ट पारिन् । आफ्नै प्रस्तावमा उक्त निर्णय भएको जानकारी दिँदै प्रवक्ता मिश्राले अनावश्यक पीसीआर टेस्ट गरेर सेवाग्राहीलाई दुःख नदिन समेत स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई आग्रह गरिन् ।

क्याटेगोरी : समाचार
ट्याग : ## पीसीआर टेष्ट, #निजी अस्पताल तथा स्वास्थ्य संस्था, #प्रवक्ता डा. संगिता कौशल मिश्रा, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com