पूर्व स्वास्थ्यमन्त्री तामाङले मेलम्चीको गाडीमा मस्ती गरेपछि…


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजनाको गाडीमा मस्ती गरेको खुले खुलेपछि खानेपानी मन्त्रालयमा चर्चा चलेको छ ।

उनले बा १ झ ८७६८ नम्बरको मेलम्ची खानेपानी आयोजनाको गाडी अनधिकृत रुपमा प्रयोग गरेर रजाइँ गरिरहेको तथ्य सार्वजनिक भएको हो ।

व्यक्तिगत प्रयोजनका लागि मेलम्ची खानेपानीको गाडी चढ्दै आएका तामाङले उक्त गाडी बिगारेपछि खानेपानी मन्त्रालयले जानकारी पाएको हो । ग्यारेजले झन्डै ८ लाखको बिल मेलम्ची खानेपानी आयोजनामा पठाएपछि उक्त रहस्य खुलेको हो ।

मेलम्ची खानेपानी आयोजनामा मर्मतको बिल पेश गरेपछि तामाङले आयोजनाका गाडी प्रयोग गर्दै आएको र बिगारेको कुरा खानेपानी मन्त्रालयसम्म पुगेको हो ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #खानेपानी मन्त्रालय, #गाडी अनधिकृत दुरुपयोग, #पूर्व स्वास्थ्यमन्त्री, #मस्ती, #मेलम्ची खानेपानी आयोजना, #शेरबहादुर तामाङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com