डा. सन्दुक रुइतको नेतृत्वमा रामेछापमा आँखा शिविर


काठमाडौं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा रामेछापको दोरम्बामा आजदेखि निःशुल्क आँखा शिविर सुरु भएको छ ।

रामेछापको दोरम्बास्थित काकलिङ विद्यालयमा सञ्चालित आँखा शिविर तीनदिन सम्म चल्ने छ ।

द तेज कोहली एन्ड रुइत फाउन्डेसनले विपन्न वर्गमा बिरामीलाई निःशुल्क आँखा उपचार गर्ने उद्देश्यले यो शिविर सञ्चालनमा ल्याएको हो ।  शिविरमा करिब ३ सय बिरामीको आँखाको शल्यक्रिया गर्ने तयारी छ ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #डा. सन्दुक रुइत, #निःशुल्क स्वास्थ्य शिविर, #रामेछाप दोरम्बा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com