वीरले बैशाख १ गतेदेखि दुवाकोटमा ल्याब र एक्सरे सेवा सुरु गर्ने


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले आधुनिक नमुना अस्पताल, दुवाकाेटमा ल्याब र एक्सरे सेवा सुरु गर्ने भएकाे छ ।

भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तारको परियोजनाको अनुगमन गर्दै वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले दुवाकाेटमा ल्याब, एक्सरे बैशाख १ गतेबाट चलाउँने जानकारी दिए ।  बैशाख १ गतेबाट दुवाकाेटमा ल्याब, एक्सरे सेवा सुरु गर्दै त्यो ठाउँमा पायक पर्नेलाई सेवा दिइने उनको भनाइ छ ।

वीर अस्पतालको विस्तारित परियोजना अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, स्वास्थ्य सचिव डा. रोशन पोखरेल,  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति देवनारायण साहलगायत स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जम्बो टोली आज भक्तपुरको दुवाकोट पुगेकाे हो ।

क्याटेगोरी : समाचार
ट्याग : #वीरका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com