इनरुवा अस्पताललाई स्तरोन्नती गर्न आर्थिक सहयोग गर्ने मन्त्री कार्कीको घोषणा


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवा अस्पताललाई स्तरोन्नती गर्न आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । स्थानीय तह निर्वाचनको मुखमा आफ्नो निर्वाचन क्षेत्र सुनसरीको इनरूवा पुगेका बेला मन्त्री कार्कीले उक्त घोषणा गरेका हुन् ।

प्रदेश सरकार अन्तर्गत रहेको सुनसरीको जिल्ला अस्पताल इनरुवाको स्तरोन्नतीका लागि नेपाल सरकारले सहयोग उपलब्ध गराउने उनको आश्वासन रहेको छ । ‘इनरुवा अस्पतालको स्तरउन्नती गर्नका लागि नेपाल सरकारको तर्फबाट आर्थिक सहयोग उपलब्ध हुन्छ र अस्पताल स्तरीय बन्छ’, सञ्चारमन्त्री कार्कीले भने ।

सुनसरीको सदरमुकाममा रहेको भएपनि इनरुवा अस्पताल हरेक हिसाबले कमजोर र प्रयाप्त सुविधा उपलब्ध हुन नसकेको अस्पतालका रुपमा परिचित छ । मन्त्री कार्कीको आश्वासनसँगै इनरुवाका नागरिकहरु उत्साहित देखिन्छन् ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #इनरुवा अस्पताल स्तरोन्नती, #सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com