सञ्चारमन्त्री कार्कीको क्षेत्रमा पर्ने इनरुवा अस्पताललाई डेढ करोड अनुदान


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको निर्वाचन क्षेत्रमा पर्ने इनरुवा अस्पतालले संघीय सरकारबाट डेढ करोड अनुदान पाएको छ ।

सुनसरीको सदरमुकाम इनरुवास्थित उक्त अस्पताललाई स्वास्थ्य सेवा विस्तार,  अस्पतालको भौतिक विकास र स्तरोन्नतिका लागि डेढ करोड प्रदान गरिएको हो ।

सञ्चारमन्त्री कार्कीले अस्पताल अनुगमन गर्नका लागि सुनसरीको इनरुवा पुगेकाे बेला अस्पताललाई डेढ करोड अनुदान प्रदान गरिएको जनाएका हुन् । ‘जिल्लाको पुरानो इतिहास बोकेको अस्पतालको विकासका लागि हाल नेपाल सरकारले राष्ट्रिय योजना आयोगमार्फत १ करोड ५० लाख रकम अनुदान प्रदान गरिएको छ’, मन्त्री कार्कीले सरोकारवालाहरु समक्ष  भनेका छन् ।

अस्पतालको अत्यावश्यक सेवा र  स्वास्थ्य उपचारलाई सर्वसुलभ र गुणस्तरीय बनाउनका लागि आगामी बजेटमार्फत थप बजेट व्यवस्थापन गर्ने समेत  उनले बताए । उपचारका लागि आउने बिरामीलाई अस्पतालले दिनुपर्ने सबै प्रकारका सेवा दिन सक्ने गरी अस्पतालको भौतिक विकास र स्तरोन्नति गर्ने कुरालाई सरकारले प्राथमिकतामा राखेको सञ्चारमन्त्री कार्कीको भनाइ छ ।

इनरुवा अस्पतालका अधिकारी र सरोकारवालाहरुले अस्पतालभित्रका समस्याको सुनाउँदै बजेटलगायतका आवश्यक कुरा व्यवस्थापनका लागि सञ्चारमन्त्री कार्कीसमक्ष अनुरोध गरेका छन् ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #इनरुवा अस्पताल, #डेढ करोड अनुदान, #सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, #सुनसरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com