मुख स्वास्थ्यकाबारेमा स्वास्थ्य सचिवले बोलेको भिडिओ भाइरल


काठमाडौं । मुख स्वास्थ्यको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्राविधिक सचिव डा. रोशन पोखरेलले बोलेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक सञ्जालमा राखेको सचिव पोखरेलको उक्त भिडिओ भाइरल बनेको हो । ‘स्वस्थ दाँत स्वस्थ जीवन’ भन्ने नाराका साथ स्वास्थ्य मन्त्रालयले हालेको झन्डै आधा मिनेटको भिडिओलाई लिएर सचिव पोखरेलमाथि ट्वीटर प्रयोगकर्ताहरुले व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जालमा उनको दाँत र मुखको विषयमा व्यापक टिप्पणी भएको छ । बिहान र बेलुका दाँत माझ्ने, मुखलाई सफा राख्ने लगायतको सन्देशसहित स्वास्थ्य मन्त्रालयले राखेको सचिव डा. पोखरेलको उक्त भिडिओ भाइरल बनेको हो ।

नोट: स्वास्थ्य मन्त्रालयको ट्वीटरमा राखिएको स्वास्थ्य सचिव पोखरेलको भाइरल सन्देशसहितको भिडिओ मन्त्रालयले ट्वीटरबाट हटाएको छ । 

क्याटेगोरी : जीवनशैली, समाचार
ट्याग : #ट्वीटर, #मुख स्वास्थ्य, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य सचिव डा. रोशन पोखरेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com