वीपीका नक्कली प्राध्यापक उपकुलपतिसँग प्रधानमन्त्री देउवा समेत लाचार

लोकमान र चोलेन्द्र हटाए तर गिरीलाई सकेनन्  


काठमाडौं । धरानस्थित देशकै सबैभन्दा ठूलो र पुरानो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको छ । १ अर्बभन्दा बढी बेरुजु, शिक्षक कर्मचारीलाई नियमित तलबको अभाव, बिरामी उपचारभन्दा पनि रिफर गर्ने थलो वीपी प्रतिष्ठान बनेको छ । भ्रष्टाचारको अखडा, पदाधिकारीहरुको व्यापक अनियमितता, एक आपसको द्वन्द र प्रशाशनिक अराजकता लागयतले प्रतिष्ठानको अवस्था दयनीय बनेको हो ।

प्रतिष्ठानमा एकातिर विगत १८ महिनादेखि “शुद्धीकरण अभियान”को नाममा आन्दोलन चलिरहेको छ भने अर्कातिर विभिन्न छानविन समितिहरुले दोषी ठहर्याएका पदाधिकारीहरुलाई बर्खास्त गर्न सरकारले चैत्र २० गते बोलाएको सिनेट बैठकलाई सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएर रोकिदिएको छ ।  सर्वोच्च अदालत “शुद्धीकरण” अभियन्ता वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई वीपी प्रतिष्ठानको हकमा भने “अशुद्धीकरण”को पक्षमा लागेकोमा आलोचनाको शिकार समेत भएका छन् ।

फर्जी प्राध्यापक उपाधी, विश्वविद्यालय सेवाको शून्य अनुभव, बीपी प्रतिष्ठानमा नियुक्ति लिएको भोलिपल्टदेखि अनियमिततामा संलग्न देखिन्छन् ।  आफ्नो जीवनकालमा पेशागत धोकाधडीको इतिहासले भरिएका वीपी प्रतिष्ठानका “नक्कली” प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई पदबाट हटाउन सरकारले जति जोड लगाएको देखिए पनि “अदालती आदेशमा” पदासिन हुनुको रहस्य के हुन सक्छ ? नेकपा एमालेद्वारा नियुक्त, गत आम चुनावमा नेपाली कांग्रेसलाई हराउन दिलो ज्यान दिएको उनीमाथि आरोप छ ।  अख्तियारमा अनियमितता आरोपमा पटक पटक बयान समेत दिईसकेका “नक्कली प्राध्यापक” लाई बीपी प्रतिष्ठानमा उपकुलपति बनाई राख्नु पर्ने कुन शक्ति केन्द्रको जोडबल लागेको हो भन्ने घोपा बचाउ अभियानमा उत्रिएकाहरुको चासो रहेको छ ।

प्रधानमन्त्री देउवा र स्वास्थ्यमन्त्री खतिवडा समेत लाचार बनाउने डा. गिरी को क्षमता के हो ? बीपी प्रतिष्ठानको दयनीय स्थिति देखेर प्रतिष्ठानभित्र र बाहिर सवाल उठ्न थालेको छ ।

यसैबीच “हामी नेपाली” भन्ने संस्थाको व्यानरमा धरानस्थित युवाहरुले स्वत: स्फूर्त रूपमा वीपी प्रतिष्ठानका पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने र प्रतिष्ठानको सुधार हुनुपर्ने माग राख्दै “घोपा बचाऊ अभियान” को नाममा दैनिक सैयौंको संख्यामा प्रतिष्ठान अगाडी धर्ना दिंदै आइरहेका छन् । यस अभियानले गतहप्ता मात्र उपकुलपति गिरी लेगथान गरेको “फ्रेन्ड्स अफ बी.पी.के.आई.यच. यस.” मा सगर्व बसेका र गिरीसँग आर्थिक सहयोग लिएर चुनावमा होमिने सोच बनाएका विभिन्न राजनैतिक दलका नेताहरुलाई झड्का दिएको छ भने आम धरानवासीलाई भने उत्साहित बनाएको छ ।

उपकुलपति गिरीलाई लागेका आरोपहरु: 

प्रतिष्ठानमा पद बहाली गरेकै दिनदेखि अनियमिततामा संलग्न भएको भन्ने आरोप उपकुलपति गिरीले प्रतिष्ठान भित्र र बाहिरबाट व्याहोरीरहेका छन् । सरकारद्वारा गठित विभिन्न छानविन समितिहरु र प्रतिष्ठानमा जारी “शुद्धीकरण अभियान”का अभियन्ताहरुले उपकुलपति गिरीमाथि निम्न आरोप लगाएका छन्:

👉प्राध्यापकको “नक्कली” प्रमाणपत्र पेश गरी किर्ती जालसाजी कार्य गरेको ।

👉मादक पदार्थ सेवन गरि कार्यालय आउने गरेको ।

👉अनेकौं पटक अनियमितता छानविन भइसकेको २ अरब भन्दा माथिको मातृ शिशु भवनको ६३ करोड रनिंगबिल नियमविपरीत ( कार्यकारीणी समितिले गर्नु पर्नेमा एकल निर्णयले) भुक्तानी गरेको ।  ऐन नियमविपरित २ वर्ष एकल निर्णयले म्याद थप गरेको ।

👉प्राध्यापक उपाधी फर्जी भएको सम्बन्धमा स्वयम् स्वास्थ्य मन्त्रालयको छानविन समितिले प्रमाणित गरेको । अख्तियारमा उजुरी रहेतापनि कारबाही नभएको ।

👉अनियमित तवरले Closed specification बनाएर खरिद गरिएको ABG Machine को करोडौंको Consumable Item खरिदसम्बन्धी उजूरीमा उपकुलपति लगायत सम्बन्धित सबैको बयान सकिएतापनि मुद्दा दायर नभएको ।

👉कोरोना अस्पताल स्थापनार्थ तथा संचालन प्रक्रियामा कोरोना अस्पताल निर्माण ठेक्का अनियमित तवरले दिएको र अनियमित तवरले अख्तियारबाट एक पटक मुद्दा दायर भैसकेका व्यापारी चेतन अग्रवाल र उपकुलपतिका भाई अजय गिरीको फर्मबाट खरिद भएका करोडौंका अस्पताल सामाग्रीहरु समेतको अनियमित भुक्तानी गरिएको ।

👉३० शय्याको १८ करोड लागतको आइसीयु स्थापना गर्न गरिएको बोलपत्रको खरिद निर्णय गर्दा अनियमितता भएको भनि सार्वजनिक खरिद अनुगमन कार्यालय समेतले निर्णय गरेको ।

👉२२ करोड लागतको फार्मेसी भवनको हालसम्म ड्रविंग डिजाइन समेत नभएको र सो को करोडौं भुक्तानी भएको । सो सम्बन्धमा अख्तियारले समेत अनेकौं पटक पत्राचार गरेको ।

👉अस्पताल फार्मेसी संचालन नगरेको, गत वर्ष खरिद भएका करिव ६० लाखका औषधी Date expire भएको ।

👉Biochemistry Auto analyzer, CT Scan तथा PCR Lab खरिदमा अनियमितता गरेको ।

👉HDU Unit खरिदमा व्यापक अनियमितता गरेको ।

👉२२ लाख खर्च गरेर विना सार्वजनिक सूचना वीपी कोइरालाको शालिक निर्माण गरी लाखौँ अनियमितता गरिएको ।

👉विना कुनै प्रतिस्पर्धा करार सेवामा २५ जना भन्दा बढी कर्मचारी नियुक्त गरिएको ।

👉कार्यकालको आधा जसो समय राजधानी वसी प्रतिष्ठानको गाडी प्रयोग गर्ने र भत्ता समेत लिने गरेको ।

👉सल्लाहकारको रूपमा पूर्व मन्त्री भानुभक्त ढकालका कार्यकर्ताहरु भर्ती गरि मासिक लाखौँ व्ययभार बढाएको ।

👉प्रतिष्ठानको ऐन नियमविपरीत अख्तियार दुरुपयोग गरी बीएण्डसी अस्पतालसँग शैक्षिक कार्यक्रम संचालन गर्नेसम्बन्धी सम्झौता गरेको ।

👉MRI मेसिन खरिद प्रक्रियामा अनियमितता गरेको सम्बन्धमा उजुरी पर्न गई खरिद नहुने अवस्थामा पुगेको ।

👉मध्यपश्चिम विश्वविध्यालयका पूर्व उपकुलपति डा. उपेन्द्र कोइरालासँको मिलिभगतमा आर्थिक एवं प्रशाशनिक अनियमितता गर्ने गरेको ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, ##धरान, #अनियमितता, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com