अल्फा हेल्थ केयरले १० गते निःशुल्क विशेषज्ञ सेवा दिने


काठमाडौं । नयाँ वर्ष ०७९ को उपलक्ष्यमा अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । आगामी बैशाख १० गते अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर अल्फा बिटा कम्प्लेस नयाँ बानेश्वरमा विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गर्न लागिएको सेन्टरले जनाएको छ ।

पछिल्लो सयम अल्फा हेल्थ केयरले आम नागरिकको स्वास्थ्यलाई बिशेष चासो दिएर सामाजिक क्षेत्रमा पनि आफ्ना गतिविधि तिब्र रुपमा अगाडी बढाउँदै लगेको छ । अल्फा केयरले बताए अनुसार एक दिने शिविर भएपनि यहाँबाट धेरैले फाईदा लिन सक्नेछन् । शिविर विहान ७ः ३० देखि दिउसो ३ बजेसम्म चल्ने छ ।

शिविरमा विशेषज्ञ चिकित्सक द्धारा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा, विशेषज्ञ चिकित्सकको सुझावका आधारमा ४० वर्ष माथिका लागि निःशुल्क सुगर जाँच, निःशुल्क पिसाब जाँच, उपलब्ध ल्याब परीक्षणहरुमा ४० प्रतिशत सम्म छुट, ईसिजी, एक्सरे, भिडियो एक्सरेमा ४० प्रतिशत छुट, मुटुको भिडियो एक्सरे, टिएमटी, हल्टरमा ३० प्रतिशत छुट र औषधिहरुमा बिशेष छुटको ब्यवस्था गरिएको अल्फा केयरले जनाएको छ ।

स्वास्थ्य शिविरमा दिइने सेवाहरु

  • जनरल सर्जरी
  • डायबिटिज, थाईराईड र हर्मोन
  • छाती रोग
  • मुटुरोग
  • हाड जोर्नी तथा नशा रोग
  • प्रसुती तथा स्त्री रोग
  • यौन तथा चर्म रोग
  • नाक कान घाँटी रोग
  • स्तन क्यान्सर
  • रेडियोलोजी सेवा

क्याटेगोरी : जीवनशैली, विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com