अब घरमै बसेर क्रिस्टल हेल्थ प्याकेजको सेवा लिन सकिने


काठमाडौं । क्रिस्टल डायग्नोस्टिक ल्याबले आधारभुत स्वास्थ्य जाँचमा विशेष छुटको घोषणा गरेको छ । नयाँ वर्षको उपलक्ष्यमा ल्याबले बिभिन्न आकर्षक जाँचमा ५० प्रतिशत छुट सहित ‘क्रिस्टल हेल्थ प्याकेज’को सुरुवात गरेको छ ।

समयमै आधारभुत स्वास्थ्य जाँच गराई जटिलताबाट नागरिकलाई बचाउँन क्रिस्टलले विभिन्न प्याकेजको सुविधा ल्याएको हो । ५० प्रतिशत छुट सहित आधारभुत स्वास्थ्य जाँच, भिटामिन, हाडजोर्नी तथा हृदयरोग परिक्षणका महत्वपूर्ण टेस्टहरु समावेश भएको क्रिस्टल हेल्थ प्याकेज नागरिकहरुले रोज्न पाउनेछन् ।

Image

क्रिस्टल डायग्नोस्टिक ल्याबले तीन चरणमा क्रिस्टल हेल्थ प्याकेजलाई वर्गीकरण गरिएको छ । ५० प्रतिशत छुटसहित आधारभुत स्वास्थ्य जाँच, भिटामिन, हाडजोर्नीसँगै हृदयरोग परीक्षणका महत्त्वपूर्ण टेस्टहरु समावेश गरिएको छ ।Image

क्रिस्टलले सिल्भर, गोल्ड र प्लाटिनम हेल्थ प्याकेज घोषणा गरेको छ । क्रिस्टल ल्याबले बताए अनुसार सिल्भर प्याकेजको २५ सय रुपैयाँ, गोल्डको ५ हजार र प्लाटिनमको ६ हजार पाँच सय रुपैयाँमा विभिन्न परीक्षणहरु गर्न सकिनेछ ।

Image

ल्याबले यस्तो सेवा काठमाडौं, धरान, विराटनगर, चितवन, पोखरा, नेपालगन्ज, बिर्तामोडमा क्रिस्टलले सुरक्षित रुपमा घरमै नमुना संकलन गर्ने व्यवस्था मिलाएको छ । पुरुष र महिला दुवैलाई स्वास्थ्य जाँच गरेर ढुक्क हुन पनि क्रिस्टल डायग्नोस्टिक ल्याबले अनुरोध गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##क्रिस्टल डायग्नोस्टिक ल्याब, ##छुट, ##स्वास्थ्य जाँच

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com