वीपी प्रतिष्ठान ‘डुबाउँने’ भण्डारी धरानको मेयरमा सिफारिस


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यो हालतमा पुर्‍याउने मञ्जु भण्डारीको नाम धरानको मेयरमा सिफारिस भएको छ ।

वीपी प्रतिष्ठानका किर्ते प्राध्यापक डा. ज्ञानेन्द्र गिरीलाई बाँकेर प्रतिष्ठानलाई धराशायी बनाउन विशेष भूमिका खेल्ने भण्डारी नेकपा एमालेबाट धरान उपमहानगरपालिकाको मेयरमा सिफारिस भएकी हुन् । धरान उपमाहनगरको उपमेयर र कार्यवाहक मेयर भूमिकामा हुँदा उनले वीपीका ‘भ्रष्ट’ पदाधिकारीलाई बाँकेर हिँडिन् । सिनेटदेखि हरेक फोरमा वीपी प्रतिष्ठान धराशायी बनाउने पदाधिकरीको पक्षमा उभिएर वर्तमान उपमेयर भण्डारीले धराने जनताको भावनाविरुद्ध काम गरेको आरोप लाग्दै आएको छ ।

अधिकांश धराने जनता अहिले घोपा क्याम्प बचाउ अभियानमा सडकमा उत्रिएका छन् । प्रतिष्ठान पदाधिकारीका कारण संस्थानै डुब्न लागेपछि धराने जनताहरू वीपी प्रतिष्ठान अर्थात् घोपा क्याम्प बचाउने आन्दोनलमा सडकमा उत्रिएका हुन् । वीपी प्रतिष्ठानभ्रष्ट पदाधिकारीका कारण धरानकै बद्नाम हुन थालेको चर्चा छ ।

वीपी प्रतिष्ठान शुद्धीकरण अभियानमा होमिएका चिकित्सकहरुविरूद्ध अभिएर आन्दोलननै तुहाउन षड्यन्त्र गर्ने भण्डारीको नाम मेयरमा सिफारिस भएपछि अर्को तरंग उत्पन्न भएको छ । वीपी प्रतिष्ठान डुबाउँन किर्ते प्राध्यापक उपकुलपति डा. गिरीसहितका पदाधिकारीहरूको जति हात छ तिनीहरुलाई काँधमा बोकेर हिँड्ने मेयरमा सिफारिस भण्डारीको पनि उत्तिकै हात रहेको प्रतिष्ठानका अधिकारीहरू बताउँछन् ।

एकातिर धराने जनताहरू भ्रष्ट पदाधिकारीको राजीनामा माग्दै घोपा बचाउ आन्दोलनमा होमिएका छन् । अर्कातिर प्रतिष्ठानका बदनाम पदाधिकारी बोकेर हिँड्ने धरान उपमेयर भण्डारीको नाम मेयरमा सिफारिस भएको छ । तिनै घोपा बचाउ आन्दोलनमा सक्रिय धराने जनता मतदाता समेत भएकाले भण्डारीको उम्मेदवारीमाथि उचित जवाफ दिने अवस्था आएको छ ।

धरान उपमहानगरपालिकाको मेयरमा वीपी प्रतिष्ठान डुबाउँन भूमिका खेल्ने भण्डारीसहित ४ जनाको नाम सिफारिस भएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #धरान उपमहानगरपालिका, #मञ्जु भण्डारी, #वीपा कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com