कोभिडमा जनता भोकै राख्ने वडाध्यक्ष खड्का चुनावमा साडी बाँड्दै


काठमाडौं । कोभिड-१९ को उच्च संक्रमणको बेला जनतालाई घरमा थुनेर भोकै राख्ने चन्द्रागिरी नगरपालिकाका वडाध्यक्ष सन्तोष खड्का चुनावमा साडी बाँड्न लागेका छन् ।

कोरोना भाइरस फैलिरहेको बेला लकडाउनको मारमा परेका चन्द्रगिरीवासीलाई प्रयाप्त राहत उपलब्ध गराउन लोभ गर्ने खड्काले चुनावको मुखमा साडी बाँड्न लागेका हुन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ को वडाध्यक्ष रहेका खड्काले लाखौं रुपैयाँको साडी बाँड्ने तयारी गरेको पाइएको छ ।

उनले हिजो एक सूचना जारी गर्दै शनिबार (आज) २ बजे चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ को कार्यालय मातातिर्थमा आई साडी बुझ्न भनेका छन् । वडावासी दिदीबहिनीहरुले आवेदन दिएका आधारमा उनले साडी बाँड्न लागेका हुन् ।

सरकारी खर्चबाट चुनावको मुखमा साडी बाँड्ने वडाध्यक्ष खड्का नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । निर्वाचन आयोगको आचारसंहिता अनुसार भोलि उम्मेदवारी दर्ता गराउने जनप्रतिनिधिले त्यो अगावै राजीनामा दिनुपर्छ । राजीनामा दिएर उम्मेदवारी दर्ता गर्नुअघि उनले साडी बाँड्ने कार्यक्रम राखेका हुन् ।

वडाध्यक्ष खड्काले कोभिडको बेला स्थापना गरेको अक्सिजन प्यालन्टको रकम समेत भुक्तानी नगरी आफ्नो खल्ती भरेको आरोप लाग्दै आएको छ । साडी बाँड्ने कार्यक्रमको विषयमा स्वास्थ्य लाइभले उनको मोबाइल नम्बर ९८५११*६२६२मा पटकपटक सम्पर्क गर्दा फोन उठाएनन् । साडी बाँड्ने सूचना सामाजिक सञ्जालमा भाइरल भएपछि यसको आधिकारिता बुझ्न स्वास्थ्य लाइभले सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन नचाहेका हुन् ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #चन्द्रागिरी नगरपालिका, #वडा नम्बर ८ मातातिर्थ, #वडाध्य सन्तोष खड्का, #साडी बाँड्ने कार्यक्रम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com