भाटभटेनीका मिनबहादुर गुरुङले शिक्षण अस्पतालको भवन अलपत्र पारे


काठमाडौं । भाटभटेनीका मालिक मिनबहादुर गुरुङले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको भवन अलपत्र पारेर सम्पर्कबिहीन बनेका छन् ।

भाटभटेनी डेभलपमेन्ट प्रालिका सञ्चालक समेत रहेका गुरुङले शिक्षण अस्पतालको इएचएस भवन अलपत्र पारेर हिँडेका हुन् । सहयोग स्वरुप चार तलाको विस्तारित सेवाका लागि निमार्ण गरिएको भवन ६ महिनादेखि अलपत्र परेको छ ।

गुरुङविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि फरार जस्तै छन् । उनी सम्पर्कबाहिर भएपछि शिक्षण अस्पतालमा निर्मा भइरहेको भवनको काम रोकिएको हो । ६ महिना अगाडि काम सम्पन्न भएर बुझाउनु पर्ने उक्त भवन अहिलेसम्म जस्ताको त्यस्तै रहेको शिक्षण अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारी बताउँछन् । अस्पतालको अलपत्र उक्त भवनको विषयमा के गर्ने भनेर गुरुङले कुनै जानकारी नै नदिएको उनको भनाइ छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लगेर भ्रष्टाचार गरेको आरोपमा भाटभटेनी डेभलपमेन्ट प्रालिका सञ्चालक गुरुङविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा भाटभटेनी सुपरमार्केटमा सञ्चालक समेत रहेका गुरुङविरुद्ध पनि कारबाहीको माग गरिएको छ । उनीसँग ५० करोड ४७ लाख बराबरको जरिवना र त्यतिकै विगो असुल उपर गर्न माग गरेपछि गुरुङ सम्पर्कबिहीन भएका छन्  ।

गुरूङले शिक्षण अस्पतालको भवन अलपत्र बनाएर सम्पर्कबिहीन बनेपछि अस्पतालका अधिकारीहरु अकमक्क परेका छन् । गुरूङले ललिता निवास डुबाए जस्तै शिक्षण अस्पताललाई पनि समस्यामा पारेको पाइन्छ । भवन अलपत्र पारेपछि शिक्षण अस्पतालका अधिकारी हच्किएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #भवन अलपत्र, #भाटभटेनी, #मिन बहादुर गुरुङ, #ललिता निवास बालुवाटार जग्गा काण्ड, #शिक्षण अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com